ओलम्पिक डे दिवसमा मैत्रीपूर्ण भलिबल

आदर्श समाज सम्वाददाता
असार १, २०७६

ओलम्पिक डे २०१९ अवसरमा भएको मैत्रीपूर्ण भलिबल खेलको आयोजना गरियो। मैत्रीपूर्ण भलिबल खेलमा नेपाल निलो टिम विजयी बनेको छ। नेपाल भलिबल संघले शनिवार आयोजना गरेको खेलमा नेपाल निलोले नेपाल रातोलाई २–१ को सेटमा हरायो।

लगनखेलस्थित नेपाल सैनिकको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा पहिलो सेट नेपाल नीलोले २५–२३ ले जितेको थियो। दोस्रो सेट नेपाल रातोले २५–२१ ले जित्दै खेल बराबरी गरेको थियो। तर तेस्रो सेट १५–१३ ले जित्दै नेपाल नीलोले खेल जितेको हो।

नेपाल रातोको कप्तानी राष्ट्रिय टिमका कप्तान इम रानाले गरेका थिए भने नेपाल नीलोका कप्तानी कुलबहादुर थापाले गरेका थिए। नेपालमै आगामी साउन ३२ देखि शुरु हुने पाँचौ एभीसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसीपका लागि क्लोज क्याम्पमा रहेका खेलाडीबाट नेपाल रातो र नेपाल नीलो गरी २ टिम बनाइएको थियो।

क्याम्पमा २५ जना भए पनि भैरव बम यस खेलमा उपस्थित थिएनन्। बाँकी २४ लाई २ टिममा बाँडेर मैत्रीपूर्ण भलिबल खेलाइएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width