पाल्पा २५ जेठ । सदरमुकाम तानसेनस्थित पाल्पा प्यारागनका विद्यार्थीलाई साहित्यिक अनुशिक्षण दिइएको छ । पाल्पा साहित्य समाजले रजत जयन्तीको सन्दर्भ पारेर विद्यार्थीलाई नेपाली साहित्यप्रति चासो र उत्साह जनाउने उद्देश्यले अनुशिक्षण गरेको समाजका अध्यक्ष पुष्कर राज रेग्मीले जनाए । ‘विद्यार्थीलाई पाठ्यक्रमका ज्ञानमा मात्र सीमित राख्नु हुँदैन र सामान्य शैलीमा नेपाली साहित्यका गजल, कविता, मुक्तकमा कलम चलाउन सकुन भन्ने लक्ष्यका साथ अनुशिक्षण गरिएको हो’ अध्यक्ष रेग्मीले बताए ।
विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले साहित्यिक क्षेत्रमा रुची राख्ने समूहलाई उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ‘विद्यालयमा विभिन्न विधामा जस्तै खेलकूद, साहित्य, कलामा रुची राख्नेहरूलाई समूह विभाजन गरिएको छ र यसै अन्र्तगत साहित्यिक समूहलाई प्रतिभा साहित्यप्रतिको प्रतिभालाई थप प्रभावकारी बनाउन प्रशिक्षण दिइएको हो ।’ उनले साहित्यक्षेत्रमा यो पहिलो प्रयास भएपनि विद्याथीको चाहना अनुसार यसलाई निरन्तरता दिइने जनाए ।
प्रशिक्षणले विद्यार्थीहरूमा साहित्य क्षेत्रप्रतिको मोह बढ्ने र यसले नेपाली साहित्यलाई प्रवद्र्धन गर्दै नयाँ पुस्तामा साहित्य लेखन कलाको विकास हुने प्रशिक्षक रेग्मीले जनाए । अनुशिक्षणमा साहित्यिक समुहका ५० जना विद्यार्थी सहभागी रहेको प्रिन्सीपल खत्रीले बताए । उनले विद्यालयमा चित्रकला, वक्तृत्वकला, साहित्य, खेलकुद लगायतका क्षेत्रमा रुची राख्ने विद्यार्थीलाई अलगअलग समूह विभाजन गरी विभिन्न प्रशिक्षण, अनुशिक्षण र प्रयोगात्मक क्रियाकलापलाई विद्यालयले अतिरिक्त क्रियाकलापमा समेटेर अगाडि बढाइरहेको जानकारी दिए । पाल्पा साहित्य समाज र प्यारागन बोर्डिङ्ग स्कूलको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९