मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा वोक्सी कुप्रथा विरुद्ध तयार पारिएको सामाजिक चलचित्र अग्निदहन अवलोकन दिनप्रतिदिन बढ्दो छ।
यसैक्रममा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामूख नेत्रनाथ अधिकारीले अग्निदह चलचित्रको बुधवार अवलोकन गरेका छन्।
गण्डकी प्रदेशको प्रदेश सभा कार्यालय परिसरमा प्रतिष्ठानद्वारा आयोजित विशेष कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मालगायतका मन्त्री, सांसद र प्रदेश सभाका कर्मचारीले उक्त चलचित्रको अवलोकन गरेको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए।
चलचित्र अवलोकनपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र उत्कृष्ट भएको र यसको प्रवद्धनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले सक्दो सहयोग गर्नुपर्ने राय व्यक्त गरे।
सभामुख नेत्रनाथ अधिकारीले वोक्सी नहुने केवल अन्धविश्वास मात्रै भएको बताए।
उपसभामुख सिर्जना शर्मा, सांसद कृष्ण थापाले चलचित्र समाजमा चेतना जगाउन सक्ने बताए।
प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए भने सचिव रमा त्रिपाठीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
यस्तै, बिहीबार पोखराका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई पनि उक्त चलचित्र अवलोकन गराइएको प्रतिष्ठानले जनाएको छ।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१