छैटौं गोल्डेन बुटको दाउमा मेस्सी !

एजेन्सी
जेठ ११, २०७६
Messi

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै कीर्तिमान बनाएका छन् । जुन कीर्तिमानहरु तोड्न अरु फुटबलरहरुलाई निकै कठिन र समय लाग्नेछ ।

अर्जेन्टिनाका मेस्सीले फुटबलमा बनाएको कीर्तिमान सायद कमै होला । सधै कीर्तिमानको होडमा हुने मेस्सी पुनः अर्को कीर्तिमान नजिक पुगेका छन् । मेस्सी यस सिजनको युरोपियन ‘गोल्डेन शु’ को अवार्ड नजिक पुगेका छन् । जुन अवार्ड जिते मेस्सीले गोल्डेन शु अवार्ड लगातार तेस्रो बर्ष जित्दै कीर्तिमान बनाउने छन् । समग्रमा ६ पटक गोल्डन शु जित्दै मेस्सीले अर्को इतिहास रच्नेछन् ।

सन् १९६७/०६८ बाट युरोपियन लिगमा सर्वाधिक गोलकर्तालाई प्रदान गर्ने गरी गोल्डेन शु अवार्ड दिन सुरु गरिएको थियो । पहिलो पटक बेन्फिकाका इसुबिया डे सिल्भाले पोर्चुगिज लिगमा ४२ गोल गर्दै यस अवार्ड जितेका थिए ।

पाँच पटक गोल्डेन शु जितिसकेका मेस्सीले यस सिजन ३६ गोल गरेर अवार्ड जित्ने सूचीको पहिलो स्थानमा छन् । मेस्सीपछि दोस्रो स्थानको पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेभन्दा ४ गोलले पछि छन् ।

मेस्सी यस सिजन अवार्ड जित्दै लगातार तेस्रो पटक अवार्ड जितेर ह्याट्रिक गर्ने दाउमा छन् । जसका लागि एमबाप्पेले लिगको अन्तिम खेलमा कम गोल गर्नुपर्ने हुन्छ । एमबाप्पेले ३२ गोल गरिसकेका छन् । एमबाप्पेले सिजनको अन्तिम खेल शुक्रबार राति खेल्दैछन् ।

ला लिगामा यस सिजनको खेल सकिएको छ । यता, लिग वानमा भने एक चरणको खेल बाँकी छ । शुक्रबार एम्बाप्पेको टोली पीएसजीले स्टेड रेइम्जविरुद्ध खेल्दैछ । नेपाली समयअनुसार शुक्रबार राति १२ः५० बाट सुरु हुने उक्त खेल एम्बाप्पेका लागि महत्वपूर्ण हुनेछ ।

उक्त खेलमा एम्बाप्पेले चमत्कार देखाएमा उनले आफ्नो करिअरको पहिलो गोल्डेन बुट जित्नेछन् । यसकारण शुक्रबार नै ‘गोल्डेन बुट’को छिनोफानो हुनेछ । एम्बाप्पेले मेस्सीको गोल संख्यासँग बराबरी गर्नका लागि ४ गोल गर्नुपर्छ । यसो गरेको खण्डमा मेस्सी र एम्बाप्पेले गोल्डेन बुट बाँड्नेछन् ।

गोल्डेन शु अवार्डमा सर्वाधिक बढी कब्जा जमाउने खेलाडीमा मेस्सीपछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् । उनले चार पटक यस अवार्डलाई उचालेका छन् । यस सिजनमा भने रोनाल्डो निकै पछि छन् ।

गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन शु अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९÷०१० मा ३४ गोल, २०११/०१२ मा ५० गोल, २०१२/०१३ मा ४६ गोल र २०१६/०१७ मा ३७ गोल गर्दै गोल्डेन शु जितेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width