बुद्ध जयन्तीको तामझामका विचमा विप्लवको वन्द,शंकास्पद वस्तु भेटियो

Avatar आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६

बुटवल ४ जेठ । लुम्बिनीमा बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।

सो बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।

बुद्धजयन्तीकै अघिल्लो दिन शुक्रबार राति रुपन्देहीका कञ्चन गाउपालिकाको कञ्चन खोलामा कुकर बम विस्फोट भएको थियो ।प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी गएका थिए । राष्ट्रपतिको आज लुम्बिनी प्रस्तान गर्ने कार्यक्रम छ । अहिले लुम्बिनीको सुरक्षा व्यवस्था काडा पारिएको छ ।

उता प्रधानमन्त्री रुपन्देही आएको भन्दै प्रतिवन्धीत पार्टि नेपाल कम्युनिष्ट पार्टि विप्लवले आज शनिवारका लागि बन्द आहवान गरेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

करेण्ट लागेर २ को मृत्यु, १ घाइते

देवि ढकाल मृत फेला

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल