पोखरा, २९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले सम्पूर्ण अधिकार र बजेट आफै राख्दा प्रदेश सरकार जनतामाँझ लोकप्रिय हुन नसकेको बताए ।
न त समयमै ऐन कानून, न त कर्मचारी नै, प्रदेशले कसरी काम गर्न सक्छ, मुख्यमन्त्री गुरुङले भने– करारमा कर्मचारी नियुक्ति गर्ने अधिकार पनि छैन् ,कुनैपनि योजना शुरु गरौ भने डिपिआर तयार गर्ने प्राविधिक कर्मचारी कै अभाव छ ।
सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आइतबार पोखरामा आयोजित गण्डकी प्रदेशको सुशासन प्रभावकारिता, बजेट खर्चको वर्तमान अवस्था एवं सुझाव विषयक अन्तक्र्रियामा बोल्दै मुख्यमन्त्री गुरुङले भने– बिधि र प्रक्रिया नहुँदा चालु आर्थिक बर्षमा कूल बजेट मध्ये चालु र पूँजीगत गरी ११ प्रतिशत मात्र खर्च हुन सकेको छ ।
कुनैपनि योजना अगाडि सारौ भने प्राविधिक कर्मचारी नै छैन, कति विकाससँग जोडिएको सम्वन्धित जिल्ला कार्यालय नै खारेजी भइसकेको छन्, बजेट पनि ढिलो आयो, विधि र प्रक्रिया विना नै बजेट दुरुपयोग गर्ने कुरा पनि भएन, मुख्यमन्त्री गुरुङले भने –कुनै पनि योजना संचालन गर्दा अनुगमन गर्ने सम्यन्त्र वनाउनै पर्छ ।
कि त प्रदेश नं २ को जस्तै गरी पान खाएकै विलभौचर आठ लाख रुपैयाँ बनाउने कुरा पनि आएन, खर्चका लागि खर्चको होडवाजी गर्ने पक्षमा म छैन, पारदर्शी काम गर्छु तर विकास केही समय ढिलै होस, पारदशीृ र गुणस्तरीय काममा ध्यान दिन्छु, उनले भने– शुरुमा संघले बजेट कम दियो भनि असन्तुष्टि व्यक्त गरे तर अहिले खर्च गर्न सकको छैन, अर्को बर्ष बजेट निर्माण गर्दा ध्यान दिने नै छु ।
केन्द्र सरकारसँग सधै पौँठाजोरी खेलेर विकास हुन्छ भन्ने पनि छैन, तर केन्द्रले सधै असन्तुष्टि बनाउने काम नगरोस्, मुख्यमन्त्री गुरुङले भने–प्रदेश सरकारलाई पर्यटन, खानी, खनिज, वन लगायतको रोयल्टी संकलन गर्न प्रदेश सरकारलाई अधिकार दिइयो भने मात्र प्रदेशको वजेट र आय श्रोत समेत बढ्ने सक्छ ।
देशमा तीन तहको सरकार छ, तल माथि फूकेको विचमा सुकेको भनेजस्तै स्थानीय तहका प्रमुख र वडाध्यक्षले समेत थुप्रो बजेट खर्चगर्ने, केन्द्रका मन्त्री तथा सांसदले पनि त्यसरी नै वजेट परिचालन गर्ने तर प्रदेशमा मन्त्री तथा सांसद टुलुटुली हेरेर बस्नु पर्ने ? उनको प्रश्न थियो । प्रदेशलाई आत्म निर्भर बनाउने तर्फ केन्द्र सरकारले ध्यान दिन जरुरी छ, कहिलेसम्म केन्द्रको मुख ताकेर मुख्यमन्त्री गुरुङले भने– बजेट बनाउदा रणनीतिक रुपमा वनाउनु पर्छ, केन्द्रका सांसद र मन्त्रीले आफ्ना निर्वाचन क्षेत्रमा मात्र बजेट लाँदा देशको समग्र विकास कसरी हुन सक्छ, विकासको रणनीति वनाएर मात्र अगाडि वढौ ।
टान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले हाम्रो देश र समाज नै भ्रष्टीकरणतर्फ अगाडि वढेको छ, यहाँ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र आम जनता रातारात धनी हुने प्रवृक्ति वढेको छ, जसका कारण सदाचार कायम गर्न कठिन हुने गर्छ । उक्त अवसरमा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरुले चालु आर्थिक बर्षको बजेट खर्चको वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए । उक्त कार्यक्रम सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष प्राडा वेदनाथ शर्माको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१