तत्कालै पर्यटन मन्त्री नियुक्त नहुने

Avatar एजेन्सी
वैशाख २७, २०७६

काठमाण्डौ, २७ वैशाख । सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि अर्को कुनै वयक्ति पर्यटन मन्त्रीमा नियुक्त गरिएको छैन् ।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको बताए।

मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय खाली रहेको मन्त्रालयमा कहिले मन्त्री नियुक्त हुन्छन भन्ने प्रश्नमा प्रवक्ता बाँस्कोटाले भने, ‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हालेका छन् । भिजिट नेपाल २०२० लाई कुनै फरक पर्दन । पर्उटन राज्यमन्त्री छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पर्यटन पदमार्ग निर्माण

पर्यटकीय आर्कषण केन्द्र बन्दै काँहुडाँडा

भन्सारमा भारतीयलाई नझुलाउन सुझाव

प्रमुख समाचार

बुद्धमूर्ति तोड्नेको पहिचानमा समस्या

थप प्रमुख समाचार

अनलाईन ढुवानी साधन अनुगमन प्रणाली अव्यवहारिक

बलिथुमका घर पहिरोको जोखिममा

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग