पोखरा, १८ वैशाख। लेकसाइडस्थित चिल्ली बार एण्ड रेष्टुरेन्टले स्थापनाको १० औं वार्षिकोत्सव अवसरमा सामाजिक कार्य गरेको छ।
‘समृद्धि र सामाजिक विकासका लागि पर्यटन’ मूलनाराका साथ मनाइएको दिवस अवसरमा रेष्टुरेण्टले पर्यटन प्रहरीका लागि ४८ हजारमा चार वटा गियर साइकल, ५२ हजार बराबरको पाँच थान ह्वीलचियर हस्तान्तरण गरेको छ।
समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजीव पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल, वडा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, रेवान पोखरा अध्यक्ष भीमसेन भुजेल, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ अध्यक्ष विकल तुलाचन लगायतले संयुक्त रुपमा सो सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा सांसद पहारीले चिल्लीबारले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे। उनले अन्य व्यावसायीहरु पनि सामाजिक उत्तरदायित्वमा जिम्मेवारी बन्नुपनेर्मा जोड दिए। सांसद पहारीले फेवाताललाई आधार बनाएर व्यवसाय सञ्चालन गनेर्हरु फेवातालको संरक्षणमा चासो देखाउनुपर्ने औल्याए। पोखरा पर्यटन परिषद् अध्यक्ष पोख्रेलले लेकसाइडमा दिनानुदिन थपिँदै गरेको व्यवसायमा स्वच्छ र सेवा गुणस्तरीय हुनुपनेर्मा जोड दिए।
कार्यक्रममा रेष्टुरेन्टका प्रबन्ध निर्देशक विश्वराज पौडेलले ग्राहकलाई मेनुमा वार्षिकोत्सब छुट, कम्प्लिमेन्ट्री गिफ्ट भौचरअन्तर्गत २ लाख २५ हजार बराबरको भौचर वितरण, उत्कृष्ट कर्मचारी सम्मान साथै रेस्टुरेन्टमा कार्यरत कर्मचारीको कल्याणकारी कोषमा यस वर्ष पनि संस्थाको तर्फबाट थप २५ हजार रुपयाँ प्रदान गरिएको बताए।
रेष्टुरेन्टले वार्षिकोत्सव अवसरमा वात्सायन वृद्धाश्रम तथा नमस्ते सामुदायिक प्रतिष्ठानलाई २५/२५ हजार सहयोग गरेको छ।
यस्तै, संस्थाले गरेको रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ। सांसद पहारीले पहिलो रक्तदाता रेष्टुरेन्टका निर्देशक भीष्मराज पौडेललाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम शुरुवात गरेका थिए।
रेष्टुरेन्ट अध्यक्ष गोविन्द शर्मा बिखर्चीले शान्त पारिवारिक वातावरणमा स्वदेशी तथा विदेशी परिकारहरुको स्वाद प्रदान गरिने उद्देश्यका साथ रेस्टुरेन्ट सञ्चालन गरिएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९