डोटी, १५ वैशाख । जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् ।
भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनले “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन तर आर्थिक अवस्था नाजुक भएकाले पढाइमा बाधा भएको खबर सुनेपछि मैले पढाउने निर्णय लिएको हुँ ।”
उनका बुबाको ५ वर्षअगाडि मृत्यु भइसकेको र घरमा आमा, चार दिदीबहिनी हुँदा पढाइमा समस्या भएकोे स्थानीयवासी तेजबहादुर पुनमगरले बताए । स्थानीयवासीका अनुसार भीमबहादुरले कक्षा ८ मा कक्षा सबैलाई जितेका छन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले भीमबहादुरको कक्षा ९ र १० को सम्पूर्ण पढाइ व्यवस्थापन बेहोर्ने लिखित कागजसमेत गरेका छन् । यहाँका सामुदायिक विद्यालयमा एक जनप्रतिनिधिले अनिर्वाय विद्यार्थी भर्ना गर्नुपर्ने नियम बनाएर विद्यार्थी भर्ना गरिरहे पनि अभिभावकत्व ग्रहणमा उनी नै पहिलो व्यक्ति हुन् ।
Related News
सम्बन्धित समाचार
इन्द्रराज्यलक्ष्मीमा शैक्षिक प्रदर्शनी
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
हीरक जयन्ती प्रचारमा विन्ध्यवासिनीको ¥याली
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९