केपी ओलीको भागमा २८ माधव नेपालको भागमा १६ जिल्ला अध्यक्ष सूची सहित

Avatar एजेन्सी
वैशाख १०, २०७६

पोखरा, १० वैशाख । पूर्व एमाले र माओवादी केन्द्रवीचको एकता भएको एघार महीना वित्यो । तीन महिनामा सक्ने भनिएको सांगठनिक एकता टुङ्गिनै एक वर्षको समय नेता तथा कार्यकर्ताले पर्खनु प¥यो तर पनि आधिकाशं नेता तथा कार्यकर्ता सन्तुष्ट बनेका छैनन् ।

नेकपाले सामेवार जिल्ला कमिटी अध्यक्ष र सचिव टुङ्गो लगाएको छ। साविकको माओवादीतर्फ प्रचण्ड एक्लैले नाम टुङ्ग्याएपनि साविकको एमाले तर्फ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच नाम टुङ्गयाउन लामै घम्साघम्सी नै चल्लयो तर अझै नेपाल पक्ष सन्तुष्ट छैन ।

आइतबार साविकको एमालेतर्फ आफूले नेतृत्व पाउने जिल्लामा विगतमा निर्वाचित अध्यक्षलाई नेतृत्व दिने र नेतृत्व नपाएका जिल्लामा अध्यक्षलाई सचिव बनाउने गरी सहमति जुट्यो। सोमबार घोषणा भएको ७७ जिल्ला कमिटीमध्ये साविकको एमालेले भागमा ४४ जिल्ला प¥यो । पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पायो ।

साविक एमालेले भागमा परेको ४४ जिल्ला मध्ये पनि ओली पक्षले २८ जिल्लामा नेतृत्व कब्जा गरेपछि माधव नेपाल पक्षले भने १६ जिल्ला नेतृत्वमा चित्त बुझाउनु परेको छ । त्यस्तै ३३ सचिव भागमा आएकोमा ओली पक्षले ११ छन् भने माधव नेपाल पक्षका २२ छन् । समग्रमा हेर्ने हो भने ७७ जिल्ला मध्ये ३९ मा ओली पक्षले अध्यक्ष र सचिवमध्ये एक पद पाएको छ। त्यस्तै ३८ जिल्लामा माधव नेपाल पक्षले अध्यक्ष र सचिवमध्ये एक पदमा आफ्नो पक्षको ठाउँ सुरक्षित बनाएको छ। कुन पक्षले कहाँ अध्यक्ष  पाए सूची सहित
माधव नेपाल पक्षका अध्यक्ष
राम राना – इलाम
लक्ष्मण तिवारी–तेह्रथुम
हेमराज घिमिरे –संखुवासभा
रेवती पन्थ –सर्लाही
कमल यादव – रौतहट
प्रभु हजारा – पर्सा
मुनु सिग्देल – मकवानपुर
कन्र्याल तमाङ – रसुव
झम्क नेपाल – सिन्धुपाल्चोक
इन्द्रलाल सापकोटा – बागुलङ
तुलसी राम शर्मा – प्युठान
टिकाराम खड्का – दाङ
ध्रुव शाही –सुर्खेत
दत्तबहादुर रोकया – डोल्पा
शेरबहादुर कुँवर – अछाम
रतन थापा – कैलाली
केपी ओली पक्षका अध्यक्ष
राजकुमार भण्डारी – पाँचथर
चिन्तन पाठक – झापा
विनोद ढकाल – मोरङ
राजेन्द्र राई – धनकुटा
प्रेमकुमार राई – भोजपुर
मनवीर राई – सोलुखुम्बु
राजकिशोर यादव – धनुषा
इश्वरचन्द्र पोखरेल – दोलखा
भूमि त्रिपाठी – धादिङ
कृष्ण राई – काठमाडौं
बचन देउजा – भक्तपुर
हरिकृष्ण ब्यन्जनकार – ललितपुर
कृष्ण थापा – कास्की
केदार सिग्देल – तनहुँ
रोशन गाहामगर – पूर्व नवलपरासी
चन्द्रमोहन गौचन – मुस्ताङ
पाल्देन छोपाङ गुरुङ – मनाङ
मधुकृष्ण पन्त – गुल्मी
चेतनारायण यादव – अर्घाखाँची
नारायण आचार्य – पाल्पा
शिवराज सुवेदी – रुपन्देही
झविलाल पोखरेल – कपिलवस्तु
रवीन्द्र शर्मा – दैलेख
गोविन्द पुन – सल्यान
कालिबहादुर शाही – बाजुरा
चक्र मल्ल – डोटी
सुरेन्द्र पाल – बैतडी

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन जोशीको आग्रह

कांग्रेसको जागरण अभियान जारी

७० जना अग्रज कम्युनिष्ट योद्धा सम्मानित

प्रमुख समाचार

भारतको गुजरात स्थित ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु