पोखरा, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जयलाल पुनले हिन्दु राष्ट्र र राजसंस्था राप्रपाको मुटु भएको बताएका छन् । राप्रपा वडा नं. १० को वडा इकाई भेलाको शनिवार उद्घाटन गर्दै नेता पुनले राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा सधैं लागिरहने बताए ।
राप्रपाले सरकार समक्ष बुझाएका २२ बुँदै मागहरुलाई आलटाल गरिरहेको बताउँदै उक्त मागहरु पूरा नभएसम्म राप्रपाको आन्दोलन रहिरहने पुनले बताए । राप्रपाका यी मुद्दाहरु पूरा नभएसम्म आन्दोलन नछोड्ने र आम कार्यकर्तामा जनलहर सृजना गर्ने भनई उनको छ ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, अतिथिहरु केन्द्रीय सदस्य सीता खड्का, गौरीमार्ग आमा समूह अध्यक्ष सरिता कार्की लगायतले आ–आफ्नो भनाई राखेको जानकारी पार्टीका प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले दिए ।
वडा इकाई अध्यक्ष मनवीर गुरुङ ढासाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव इश्वरी वैरागीले गरेका थिए।
भेलाले भरतकाजी ढुङ्गानाको अध्यक्षतामा नयाँ वडा इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा देउबहादुर पौडेल, सचिव उषा नेपाली, सहसचिव प्रकाश जिसी, कोषाध्यक्षमा भरत ढुङ्गाना, सदस्यहरुमा रुद्रबहादुर कार्की, चोक बहादुर खत्री, कुमार कार्की, डिलमाया परियार, रोमबहादुर थापा, डाइमण्ड हमाल, दुर्गा थापा, निर्मल, चिनमाया गुरुङ, तोविलाल नेपाली रहेका छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१