नेपालगञ्ज, ५ वैशाख। बहुप्रतिक्षित आठौं संस्करणको खेलकुद प्रतियोगिता विहीवार औपचारिक रुपमा शुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको नवनिर्मित रंगशालामा आयोजित भव्य समारोहबीच प्रतियोगिता उद्घाटन गरेकी हुन्।
राष्ट्रपति भण्डारीले खेलकुदको विकास गर्न स्थानीय तहबाटै लाग्नु पर्ने बताइन्। खेलकुदका कार्यक्रममा विद्यालयस्तरबाटै विद्यार्थीलाई समेट्नुपनेर्मा उनले जोड दिइन्। राष्ट्रपति भण्डारीले राज्यको सीमित श्रोतसाधन बाबजुत पनि खेल क्षेत्रमा लगानी गर्दै आएको उल्लेख गरिन्।
‘राज्यले खेलकुद क्षेत्रमा भएको सीमित श्रोतसाधन परिचालन गरेकै छ, राष्ट्रपति भण्डारीले अगाडि थपिन्, ‘उपलब्ध श्रोतसाधनलाई अधिक रुपमा प्रयोग गरी हामीले हाम्रो खेलकुदको विकास गर्नुपर्ने हुन्छ। ’
उनले शारीरिक स्वस्थ्यको लागि र राष्ट्रको गौरवको लागि खेलकुद आवश्यक भएकोमा जोड दिइन्। उनले नेपालमा धेरै खेल पर्यटनको सम्भावना भएको समेत औंल्याइन्।
“सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पुर्याउँछ भन्ने महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भनिन्। खेलकुद प्रतियोगिता निर्धारित मितिमै आयोजना भएकामा खुसी व्यक्त गर्दै उनले केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकूद प्रतियोगितामा हासिल गरेका उपलब्धि उत्साहप्रद रहेको उल्लेख गरिन्। प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए। सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो। राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशवकुमार विष्टले स्वागत मन्तव्य राखेका थिए।
उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए। युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गरे
सो अवसरमा खेलाडीका तर्फबाट जुडोका सोनु भट्ट तथा निर्णायकका तर्फबाट भारोत्तोलनका पूर्वखेलाडी समसुद्दीन सिद्धिकीले शपथ लिएका थिए।
प्रतियोगिताको उद्घाटन बेलुकी ६ बजे हुने भनिए पनि राष्ट्रपति भण्डारी आधा घण्टा ढिलो नेपालगञ्ज रंगशालामा सरिक भएकी थिइन्। गत चैत २७ देखि अनौपचारिक रुपमा शुरु भएका प्रतियोगिताअन्तर्गत केही खेल नेपालगञ्ज, बुटवल, पोखरालगायत सहरमा सम्पन्न भइसकेको छ।
जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय क्लबहरुकै बर्चस्व रहेको छ। त्रिभुवन आर्मी क्लब पदक तालिकामा अग्रस्थानमा छ। सेनाले विहीवारसम्म ३४ स्वर्णसहित १७ रजत, २४ कास्य गरी ८५ पदक हात पारेको छ।
दोस्रो स्थानको नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक बटुलेको छ। सशस्त्रले १५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५३ पदक जितेको छ। प्रदेश ३ अंक तालिकाको चौथो स्थानमा छ। प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य गरी ५० पदक हात पारेको छ। गण्डकी प्रदेशले पाँचौ स्थानमा आफूलाई कायमै राखेको छ। गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्य गरी ३२ पदक जितेको छ।
उता, प्रतियोगिताअन्तर्गत विहीवारदेखि पुरुषतर्फको ह्याण्डबल खेल शुरु भएको छ। राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले मुख्य रेफ्री पदम विश्वकर्मालाई बल हस्तान्तरण गरी खेल उद्घाटन गरेका हुन्।
उद्घाटनमा गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ को फराकिलो गोल अन्तरले हरायो। कर्णालीका केशव विष्टले सर्वाधिक ११ गोल गरे। गण्डकीको तर्फबाट विशालले ८ गोल गरे। पुरुषतर्फको दोस्रो ह्याण्डबल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र ५ लाई ४२–१७ गोलले जित हात पार्यो। महिलातर्फ नेपाली सेनाले प्रदेश ३ लाई ३१–४ गोलले हरायो। त्यस्तै, दोस्रो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई १०–७ गोलले हरायो। पुरुषतर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता छ। नेपाल प्रहरी सहभागी छैन।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१