पोखरा, ५ बैशाख । पत्रकार अर्जुन गिरीलाई बिना शर्त रिहाइ गर्न माग राख्दै पोखराका संचारकर्मीले विहीवार पनि धर्ना कार्यलाई निरन्तरता दिएका छन् ।
पोखराका संचारकर्मीले विहीवार विहान ९.३० –१०.३० वजेसम्म जिल्ला प्रशासन कार्यालय कास्कीको मूलद्वार अगाडि धर्ना दिएका हुन् । विद्युतीय अपराध मुद्दामा पक्राउ परेका ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई बिना शर्त रिहा गर्नुपर्ने माग गर्दै संचारकमीृले धर्ना दिएका हुन् ।
धर्नापछिको बिरोध सभालाइृ सम्वोधन गर्दै अग्रज पत्रकार वद्रीविनोद खनालले सरकारले ल्याएको साइवर अपराध ऐन तुरन्त खोजी र पक्राउ गरेका संचारकर्मी गिरीलाइृ तुरन्छ रिहा गर्न माग गरे । त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार गिरीको रिहा विना शर्त तत्कालै हुनु पर्ने माग सरकारसँग राखे ।
केही दिन अघ पोखराकन एक व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेकै आधारमा बतासले गिरीलाई विद्युतीय अपराध अन्तर्गत उजुरी दिएका थिए । उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गिरीलाई नियन्त्रणमा लिएको थियो ।
मुद्दा लगाईएका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलवार तीन दिन म्याद थप गरेको छ । विद्युतीय अपराध अन्तरर्गत मुद्दामा कास्की प्रहरीले गिरीलाई सोमबार पक्राउ गरेर थियो । गिरीलाई पक्राउ गरेसँगै कास्कीका संचारकर्मी आन्दोलित हुदै बन्दै आएका छन् ।
गिरीलाई सोमबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको रोहोबरमा छाडिएको भएपनि मंगलवार पुन थुनामा राखिएको छ । गिरी पक्राउको बिरोधमा पोखराबाट प्रकाशित पत्रिकाले मंगलवार सम्पादकीयमा कालो पोतेर प्रकाशित गरे भने अनलाइनले कालो ब्यानर स्कीप एड र एफएममा पूर्वसूचना दिई विहान ६ बजे ९० सेकेन्ड प्रशासन बन्द गरिएको छ ।
विरोधका कार्यक्रममा पत्रकारका विभिन्न संघसंगठनको एक्यवद्धता रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष डा. महेन्द्रवहादुर काकीृ सहितको टोली धर्ना स्थलमा नै पुगि पत्रकारको आन्दोलनप्रति एक्यवद्धता जनाएको थियो ।
Related News
सम्बन्धित समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
hero news full width
मुख्य समाचार
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९