पोखरा, २८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको केपी नेतृत्व सरकारले जनतामा समृद्धि नभई दैनिक जीवीको पार्जन गर्न नसक्ने अवस्थामा पु¥याएको बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला कोषध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई विहीवार पोखरामा सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले भने –सर्वसाधारण जनतामा कर थोपर्ने, महंगी वृद्धि, असुरक्षा, हत्या हिंसा वढेको छ । एक बर्षे कार्यकालमा केपी नेतृत्वको सरकारले राम्रा काम गर्दै गरेन, देशमा काण्डैकाण्ड मच्चायो, पछिल्लो समयमा सेना समेत आफैले संचालन गर्ने भन्दै तानाशाह बन्न खोज्दै छन, देउवाको आरोप छ । अब प्रधानमनत्रीको नाम केपी ओली हैन करप्रसाद राख्नु पर्छ देउवाले भने – करवृद्धि गरेर केपीले सर्वसाधारणको ढाड भाचेको छ ।
सेना परिचालन सूरक्षा परिषदको निर्णयवाट मात्र गर्न सक्छ तर प्रधानमन्त्री सेना परिचालनको अधिकार आफ्नो हातमा लिएका आरोप देउवाको छ । केपीले मनपरी गर्दै छन, उनले सेना, अदालत, प्रेस र लोकतन्त्रमाथि नै आक्रमण गर्दै छन्, हुदाहुदै संवैधानिक आयोगमा समेत आफ्नो एकलौटी निर्णय गर्न खोज्दै छन् सभापति देउवाले भने ।
लोकतन्त्रप्रति नेपाली काँग्रेसले कसैसँग सम्झौता गर्दैन, देउवाले भने–संविधान विपरित संवैधानिक आयोगमा हस्तक्षेप समेत भएको ।
नेपाली काँग्रेलाई अव एक ढिक्का वनाउने प्रतिवद्धता व्यक्त गर्दै देउवाले वैशाखवाट नेपाली काँग्रेसले देशैभरी गाउँगाउँसम्म जागरण अभियानको कार्यक्रम संचालन गर्ने बताए । पाटीभित्र घातअन्तरघात गर्नेलाई कारवाही गर्छु, चुनावमा उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई कारवाही गर्छु देउवाले भने–अन्तरघातलाई मुक्तगरी अगाडि वढ्ने छु ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस भित्रको गुटउपगुट हटाएर पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिन जररी छ । साथै उनले महामन्त्री शंशाङ्क कोइरालालाई पार्टी केन्द्रीय कार्यालयमा वसेर पार्टीभित्र न्याय दिलाईदिन आग्रह गरे ।
केपी नेतृत्वको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएपनि एक वर्ष वितिसक्दापनि कुनै त्यस्ता काम कुनै नगरेको र देशको बजेट समेत आफ्ना कार्यकर्तामा नै वाडेर सकेको आरोप उनको छ । समृद्धिको नाउँमा आम जनतालाई भ्रममा पारेको भनाइृ उनको छ ।
त्यस्तैगरी नेपाली काँग्रेसका महामन्त्री शंशाङ्क कोइरालाले दुई तिहाईको दम्भ र सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर केपी ओली तानाशाह वन्न खोजेको आरोप लगाए । साथै उनले सेना, अदालत, संचारमा केपीको हस्तक्षेप छ, उनले भने– कम्यनिष्टको भरोसा छैन लोकतन्त्र वचाउने काम काँग्रेसले गर्नुपर्छ ।
दुई तिहाइको सरकारले संविधान परिवर्तन गर्न पनि सक्छन् त्यसप्रति नेपाली कााग्रेस चनाखो हुनु पर्छ,, कोइरालालो भने–आउदो चार वर्षका काँग्रेस भित्रको गुटउपगुट हटाएर काँग्रेस एक टिक्का भएर अगाडि वढ्नु पर्छ । कमजोर वनेको काँग्रेस अझ वढी कमजोर हुने काम गर्नु हुदैन, काँग्रेस कमजोर हुनु भनेको अरुवाट भन्दा पनि आफ्नै पार्टीवाट हो, पार्टी एक ढिक्का भएर अगाडि वढ्ने हो भने काँग्रेसलाई कसैले परास्थ गर्न सक्दैन उनले भने । कम्युनिष्टहरुले कुनै काम गर्न नसककेो गुनासा आएका छन् जनताको मन जित्दै काँग्रेस अगाडि वढ्नु पर्छ उनले भने– पार्टी एक हून्छभने आफू जुन पदमा वस्न पनि तयार छु ।
उक्त अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले समेत आफ्ना भनाइ राखेका थिए । राष्ट्रिय सम्मेलनमा देशका ७६ जिल्लावाट कोषाध्यक्षकाे सहभागीता छ ।
Related News
सम्बन्धित समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
hero news full width
मुख्य समाचार
ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७सर्वाेच्चकाे फैसलाकाे सर्वत्र स्वागत, खुसियालीमा दीपावली
फागुन ११, २०७७संसद् पुनर्स्थापना जनता र संविधानवादको जितः सभामुख सापकोटा
फागुन ११, २०७७पुस ५ पछि सरकारले गरेका राजनीतिक नियुक्ति स्वतः खारेज
फागुन ११, २०७७