स्कुटर दुर्घटनामा परी सङ्गीतकर्मी थुलुङको निधन

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७५
google-ai-predict-death-artificial-intelligence

पोखरा, २८ चैत । पोखरा–१२ शीतलादेवीमा बुधवार राति १०.०० वजे स्कुटर दुर्घटनामा परी ५० बर्षीय संगीतकर्मी श्रीमान थुलुङ राईको मृत्यु भएको छ ।
ग.२ प. ६७९ नं को स्कुटर पर्खालमा ठोकिएपछि उनी सेती नहरमा खसेका थिए । सेती नहुरमा खसेका थुलुङलाई नहरले बगाएर तीन कीलोमीटर तल दुई कुलाको मूहानमा पु¥याएपछि राति दश बजे गम्भीर घाइते भएको अवस्थामा प्रहरीले नहरबाट निकलेको थियो ।
पोखरा–१२ निवासी गम्भीर घाइते थुलुङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । थुलुङ पोखरामा वीस बर्षदेखि संगीत क्षेत्रमा सम्लग्न हुदै आएका थिए ।
थुलुङले हाकेको उक्त स्कुटरमा सवार उनीकी पत्नी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनको शव शल्यपरीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width