Worldlink ads

घरभरी पाहुना, खोरभरी बाख्रा

प्रकाश ढकाल
चैत्र २५, २०७५
pathardi_Fotor

पोखरा २४ चैत्र। ‘शिव कुमार आले। उमेर २५ बर्ष। पढाई ओभरसियर। पेशा बाख्रा पालन। ’ गाउँघरमा यस्ता उमेरका मान्छेहरु मुश्किलले भेटिन्छन्। त्यसमाथि गाउँमै इलम गरेर भुल्नेहरु पाउन त झनै मुश्किल पर्छ। कुनै सरकारी जागिर वा अरु कुनै प्रोजेक्टको जागिरे भए त ठीकै हो। आफ्नै लगानी गरेर बाख्रा पाल्नु चानेचुने कुरा होईन। त्यसमाथी पढेलेखेका मान्छे गाउँमा भेट्न कहाँ सजिलो छ?

सबै यूवाहरु गाउँ छोडेर शहर छिर्दा शिवलाई पनि शहर झर्ने मन नभएको चाहीँ होईन। तर, बाँझो जमिन, रित्तो घर छोडेर गाउँबाट निस्किन उनको मनले मानेन। २०६८ सालमा बन्दीपुरबाट ओभरसियर सकेका उनी त्यही बर्षदेखि गाउँ फकेर्र बाख्रापालनमा मज्जैले जमेका छन्। शिवले बाख्राको खोर बनाउन थाल्दा धेरैले अचम्म मानेर भन्थे–‘सहरमा जागिर पाइनस र? ’

आलेको खोरमा अहिले ७० वटा बाख्रा छन्। बाख्रा बेचेरै उनले बषेर्नी १० लाखभन्दा बढी कमाउँछन्। गाउँले दंग छन्। आलेको काम र कमाइ देखेर गाउँभरिका मान्छे बाख्रा पालनमा लागेका छन्। आले कृषिमा लागेपछि १ बर्ष इजराइल बस्न पाए। अनि आफूले जानेको सीप लिएर गाउँमै फकेर्र पौरख गर्न थाले।

‘बाख्रा पाल्न थालेपछि साना किसान लघुवित्तले ११ महिना इजराइल पठायो। उता बस्दा पशुपालन र कृषि पेशालाई राम्रैसँग बुझ्ने मौका पाएँ, ’ उनले भने, ‘फर्किएर बाख्राको ब्यवसायिक पालन शुरु गरें। गाउँभरीका मान्छे पनि बाख्रा पालनमा लागेका छन्। ’

भीमाद नगरपालिका ९ पाथर्दी गाउँका ६० परिवार पूर्ण रुपमै बाख्रापालन गरिरहेका छन्। शिवकै काका टेकबहादुर आलेले बाख्रा बेचेर बर्षमा ५ लाख भन्दा बढी भित्र्याउँछन्। उनको खोरमा पनि ४५ भन्दा बढी बाख्रा छन्। १० लाख खर्च गरेर आधुनिक खोर बनाएका छन्। ३ लाख खचेर्र विदेशबाट बोयर जातको बोका ल्याएका छन्।

‘३ लाखको बोका भन्दा अचम्म मान्थे मान्छेहरु। यसको कमाइ देखेर आँफै छक्क पर्छन्, उनले भने–ब्याड पालेपनि पैसा। बेचेपनि पैसा। जे गरेपनि अहिले त पैसै पैसा। कमाई धेरै राम्रो छ। ’

२०७१ सालमा हेफर इन्टरनेशनल नामक गैर सरकारी संस्थाले जीवीकोपार्जनलाई लक्षित गरी किसानलाई सघाउन थालेपछि पाथर्दी गाउँको रुप नै फेरिएको छ। सबैका घरघरमा बोयर जातका बाख्रा छन्।

‘एउटै बाख्राले ३ वटासम्म पाठापाठी जन्माउँछ। एउटा पाठो ३ महिना पाल्यो भने २० हजारसम्म कमाइ हुन्छ, ’ टेकबहादुर भन्छन्, ‘बर्षको ५ लाख त कतै जाँदैन। पाल्न सके अझै राम्रो आम्दानी हुन्छ। तर गाउँमा मान्छे बस्दैनन्। किसानी गर्न गाह्रो छ। ’

पाथर्दी अहिले बाख्रा गाउँको रुपमा परिचित भैसकेको छ। बन्दीपुर, पोखरा, धादिङ, काठमाण्डौं, झापा, महेन्द्रनगर तिरबाट पनि बाख्रा र खसीबोका किन्नेहरु पाथर्दी पुग्छन्। बाख्रा पाल्न थालेपछि गाउँलेले गाई भैंसी पाल्न छोडे। बाख्रा पालनकै लागि गाउँलेले घाँसखेतीको सामुहिक नर्सरी बनाएका छन्। नर्सरीबाट विरुवा लगेर आफ्नो खेतबारीमा सार्छन्।

‘शुरुमा त गाउँमा बसेर बाख्रा पाल्ने बुद्धी नभएको पनि भन्थे। कतिले विदेश जान सल्लाह दिन्थे, ’ शिव भन्छन्, ‘अहिले गाउँले सबै मेरै जस्तो इलम गर्छन्। मेरै झैं पैसा कमाउँछन्। ’

अर्की स्थानीय देवी मोक्तान आले अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष छिन्। हेफरले बाख्रा सहयोग गरेपछि त्यसलाई दीगो बनाउन सहकारी पनि खोलिदिएको थियो। सहकारीमा २ सय ८० जना शेयर सदस्य छन्। ४२ लाख रुपैयाँभन्दा बढी शेयर जम्मा गरेका उनीहरुले कृषकलाई अप्ठेरो पर्दा तुरुन्तै ऋण सहयोग गर्छन्।

‘२ देखि ५ सयसम्म मासिक बचत गछौर्ं। बाख्रा पाल्ने घरका मान्छे मात्रै सहकारीका सदस्य हुन पाउँछन्, ’ उनले भनिन्, ‘बचत भएको रकम गाउँमै लगानी हुन्छ। सहकारीले बाख्रा पाल्नेलाई ऋण लिन पनि सजिलो बनाएको छ। ’

उनका अनुसार सहकारीले १६ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्छ। पाथर्दी बोयर जातका बाख्राको नमूना श्रोत केन्द्रको रुपमा विकास भईरहेको छ। निर्वाहका लागि पाल्ने बाख्रा अचेल पैसा कमाउनका लागि पाल्छन्। यहाँका यहाँका किसानहरुसँग १० भन्दा बढी बाख्रा छन्।

गाउँलेको किसानीप्रतिको लगावकै कारण गण्डकी प्रदेश सरकारले पनि यही गाउँमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम शुरु गरेको छ। यो कार्यक्रमबाट पहिलो चरणमा ३० लाख भन्दा बढी सरकारले लगानी गनेर्छ।

‘कृषिलाई छोडेर प्रदेश समृद्ध बनाउन सकिँदैन। पूरानै ढाँचाले काम गरेर पनि कृषिबाट आम्दानी हुँदैन, ’ कृषि मन्त्री लेखबहादुर थापा भन्छन्, ‘आधुनिक प्रविधिको प्रयोगले कृषि र पशु उत्पादनमा हाम्रो जोड छ। स्वास्थ्यलाई पनि ख्याल गरेर अर्गानिक उत्पादन गर्न सरकारले विशेष योजना ल्याएको हो। ’

गाउँलेको कृषि पेशाप्रतिको आकर्षण र सम्मानकै कारण पाथर्दीमा यो कार्यक्रम लागू गर्न लागेको उनले सुनाए। वडाध्यक्ष इमान थापा पनि गाउँलाई बाख्रापालनको नमूना गाउँको रुपमा स्थापित गर्ने अभियानमा छन्।

‘सबै ठाउँको आफ्नै बिशेषता हुन्छ। पाथर्दीसँग पशुपालनको सम्भावना छ, ’ उनले भने, ‘नमूना बाख्रापालनको थलो बनाउन सके पर्यटन प्रबद्र्धनमा पनि जोड्न पाईन्छ। त्यसपछि विस्तारै आर्थिक समृद्धी र जनस्तर विकास हुँदै जान्छ। ’

Related News

सम्बन्धित समाचार

    hero news full width