पोखरा, २४ चैत। स्याङ्जाली सम्पर्क सदन पोखराले नयाँ वर्ष २०७६ को क्यालेण्डर विमोचन तथा शुभकामना आदान–प्रदान गरेको छ। सदनको रजत जयन्तिको अवसरमा क्यालेण्डर विमोचन तथा शुभकामना आदान–प्रदान गरेको जनाएको छ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले क्यालेण्डर विमोचन गर्दै स्याङ्जाली एकता बन्धुत्व भावनालाई अन्य पार्टीसँग तुलना नगरी स्याङ्जाको चौतर्फी विकासमा सहभागि हुन आब्हन गरिन्। स्याङ्जाको पहिचान देश विदेशमा फैलाउन स्वावलम्वी महिला उद्यमी आजको आवश्यकता रहेकोले संपूर्ण महिला दिदीबहिनीहरुलाई त्यसतर्फ अगाडी बढ्न मन्त्री अर्यालले आग्रह गरिन्।
उनले स्याङ्जाको पहिचान आँधीखोला, भालुपहाड, शिरुबारी, स्वरेक मैदान, आलमदेवी, सेतीविनीको शिला, ज्याग्दीखोला, मनकामना, गह्रौकालिकालगायतका क्षेत्रहरुलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न सदनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपनेर्मा जोड दिइन्।
विशेष अतिथि गण्डकी प्रदेश, प्रदेशसभा सांसद माननिय मिनप्रसाद गुरुङज्यूले सदनले भाईचाराको सम्वन्धलाई नजिक बनाएको उल्लेख गरे। उनले स्याङ्जाली एकतालाई कसिलो बनाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा सुधिर पौडेल, संस्थापक अध्यक्षहरु पिताम्वर नेपाली, संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, प्राडा दिलबहादुर क्षत्री, प्रेमप्रकाश गौतम, महेन्द्रप्रकास गौतम, अनिलकुमार शाही, देवीप्रसाद अर्याल, मे. दिलबहादुर गुरुङ, डा टेकनारायण पौडेल, प्रनाउ जगतबन्धु पोखरेल तिर्वतमान अध्यक्ष चिरञ्जिवी पोखरेल, वोधराज ढकाल, डा गिरीधारी शर्मा पंगेनी, भरत ढकाल, गोविन्द ढकाल, गिरीधारी सुवेदी, दिपक खनाल, व्रामण समाज नेपालका केन्द्रीय सदस्य श्यामप्रसाद रेग्मी, वुद्धि गुरुँ, समाजसेवी प्रेमनारायण पौडेल, कवि चन्द्रकान्त ढकाल, राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपाने, घनश्याम रिजाल, सिता केसी, पोखरेली माग्ने बुढा यूवराज भाण्डारी, रुद्र लम्साल, पत्रकारहरु गोविन्द सुवेदी, घनश्याम पाण्डे, कमल अथक पौडेल, तारा चापागाई दुवेलगायतले शुभकामना मन्तव्य राखेका थिए।
सदनका अध्यक्ष श्री लिला प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लालीमाया रेग्मीले स्वागत, संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले कार्यक्रममाथि प्रकाश, कार्यक्रम संयोजक तारा गौतमले धन्यवाद ज्ञापन र महासचिव धर्मराज अर्यालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९