जनकपुर, १८ चैत । पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउन जनकपुरदेखि पोखरासम्म सिधा बस सेवा संचालनका लागि यहाँका व्यवसायी तथा संचारकर्मीले सुझाव दिएका छन् । यस्तो सेवा संचलान हुन सके जनकपुरबासी तथा भारतीय पर्यटकलाई पोखरा पुग्न सहज हुने सुझाव उनीहरुको रहेको थियो ।
जाउँ है पोखरा अभियान लिएर १७ बर्ष पछि पुनः जनकपुर पुगेको पोखरेली होटलकर्मीको टोली समक्ष स्थानीयले त्यस्तो सुझाव राखेका हुन् । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत १५ गतेदेखि पुनः सुचारु गरिएको जाउँ है पोखरा अभियानको टोली चैत १६ मा काठमाडौंमा पहिलो कार्यक्रम गरी १७ गते जनकपुरमा दोश्रो कार्यक्रम गर्न पुगेको थियो ।
सो अवसरमा बोल्दै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले दुई शहर विच बस सेवा आबश्यक भइसकेको सुझाव राखे । अहिले पोखरा र जनकपुर जोड्ने सिधा बस सेवा नरहेको र पर्यटन बस सेवा समेत सुरु हुन नसकेको उनले जानकारी दिए । जनकपुर, पोखरा र काठमाडौं जस्ता शहरलाई हवाई सेवाले समेत जोड्न सके आन्तरिक पर्यटन प्रबद्र्धनमा तीनै वटा शहरले लाभ लिन सक्ने भनाई व्यवसायीले सो अवसरमा राखेका थिए । नेपाल पर्यटन बोर्डका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले जाउँ है पोखरा अभियान कठिन अवस्थामा सुरु गरिएको जानकारी गराउँदै यो अभियानबाट देशका अन्य शहरले पनि लाभ लिन सक्ने भनाई राखे ।
यसैगरी पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले सिता जन्मस्थल जनकपुरधाम ऐतिहासिक रुपमा र पर्यटकीय नगरी पोखरा प्राकृतिक रुपमा धनी रहेको भन्दै दुई शहर विच पर्यटक आदान प्रदान गर्न सके आपसी लाभमा बढोत्तरी हुने भनाई राखे ।
दिगो पर्यटन विकासका लागि आफूहरुले जाउँ है पोखरा अभियान संचालन गरेको भन्दै उनले पोखरामा यही चैत २९ गते देखि बैशाख १ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि जनकपुरबासीलाई निमन्त्रणा समेत गरे । पर्यटन कार्यालय पोखरामा नौ सय २४ होटल दर्ता रहेको जानकारी दिंदै पोखरा क्षेत्रमा मात्र त्यस्तो संख्या छ सय रहेको तथ्यांक दिए । फेवा महोत्सवमा कूल एक लाख पर्यटकले सहभागिता जनाउने अपेक्षा पेश गर्दै उनले पोखराले करिव ३० हजार पर्यटक एकै रातमा सुताउन सक्ने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विश्वशंकर पालिखेले जनकपुर र पोखराका सन्दर्भमा संस्कृति र प्रकृतिको समायोजन गरी पर्यटन विकासमा ठूलो टेवा दिन सकिने भनाई राखे । आफूहरु १७ बर्ष अघि जाउँ है पोखरा अभियान लिएर आएको जानकारी दिंदै उनले राज्यले नशोचेको समयमा आफूहरुले आन्तरिक पर्यटनमा नयाँ कार्यक्रम सुरु गरेको बताए ।
यसैगरी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पर्यटनकै विकासका लागि पछिल्लो क्रममा एक सय वटा नयाँ गन्तव्य पहिचान गरिएको जानकारी दिंदै आन्तरिक पर्यटनको प्रवाहको वातावरण पोखराले सुरुवात गरेको स्मरण गराए ।
पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले जाउँ है पोखरा अभियान आन्तरिक पर्यटन प्रबद्र्धनको कार्यक्रम भएको जानकारी गराउँदै मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जानुपर्छ, घुम्नुपर्छ भन्ने वातावरण सिर्जना गर्ने मुख्य उद्धेश्य कार्यक्रमले लिएको जानकारी गराए । विगतको द्वन्द्वकालमा आन्तरिक पर्यटनले नै पोखराको पर्यटन थेगेको स्मरण गराउँदै उनले यसपटकको फेवा महोत्सव पनि आन्तरिक पर्यटक लक्षित भएको उनले सुनाए ।
गण्डकी प्रदेश सरकारले घोषणा गरेको जारी आन्तरिक पर्यटन बर्ष २०१९ र फेवा महोत्सवलाई लक्षित गरी नियमित मेन्यूमा १५ प्रतिशत छुट प्रदान गरिएको जानकारी पनि उनले दिए । नेपाल पत्रकार महासंघ धनुषाका सचिव पुरन साहले पोखरा भ्रमणका लागि विभिन्न ठाउँबाट पुग्ने पर्यटकलाई गुफा, छाँगो, संग्रहालय जस्ता ठाउँमा प्रवेश गरेवापत छुट्टाछुट्टै टिकट काट्नुभन्दा एकद्वार प्रणालीबाट यस्तो व्यवस्था गर्न सुझाव राखे ।
Related News
सम्बन्धित समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मुस्ताङमा १ महिनामा असी हजार पर्यटकले गरे भ्रमण
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०