पोखरा, १५ चैत । विवेकशील साझा पार्टीको ‘ठूलो माछा समाऊ’ अभियान अन्तरगत गण्डकी प्रदेश शाखाले शुक्रबार पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरा पुगेर पछिल्लो विवरण माग गरेको छ ।
फागुन १४ गते मंगलबार भ्रष्टाचारको विरुद्धमा ज्ञापन पत्र बुझाएको विवेकशील साझा गण्डकी प्रदेशले एक महिनापछि प्रदेश र यस क्षेत्रमा भएका भ्रष्टाचारको विवरण माग गरेको हो ।
‘ठूलो माछा कता छ ?’ नारा दिएर भ्रष्टाचारको विरुद्धमा देशव्यापी विवेकशील साझा पार्टीले अभियान चलाईरहेको छ । सोही अभियान अन्तरगत पार्टीको गण्डकी प्रदेश शाखाले पोखराको अख्तियार कार्यालयमा पुगेर भ्रष्टाचारको उजुरी र कारबाहीको विवरण मागेको हो । विवेकशील साझा पार्टी गण्डकी प्रदेशका सँयोजक महेश भण्डारी, यो अभियानका सँयोजक दीपक पौडेल लगाएतका पार्टीका अभियन्ता तथा अगुवाहरु पोखरा नयाँबजारस्थित अख्तियार कार्यालयमा पुगेका थिए ।
अख्तियार कार्यालयले दिएको विवरणअनुसार यस क्षेत्रमा अघिल्लो आर्थिक वर्षको भन्दा भ्रष्टाचारको संख्या झन् बढेको देखिएको छ । प्राप्त गरेको विवरणअनुसार अघिल्लो आर्थिक वर्षको २ सय ८७ वटा भ्रष्टाचारसम्बन्धि उजुरी परेकोमा यो आर्थिक वर्षको फागुन सम्ममा ३ सय ४५ वटा उजुरी कार्यालयमा दर्ता भैसकेका छन् । दुई आर्थिक वर्षको कुल ६ सय ३२ वटा उजुरीमध्ये ३ सय ४ वटा मुद्दा फस्र्यौट भैसकेका छन् भने बाँकी ३ सय २८ वटा उजुरी अनुसन्धानको क्रममा रहेको अख्तियारले बताएको छ ।
अख्तियारका अनुसार सबैभन्दा बढि उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेको देखिन्छ । प्रदेश अन्तरगतका जिल्लागत उजुरी विवरणअनुसार सबैभन्दा बढि उजुरी कास्की जिल्लाको परेको छ भने पर्वत, तनहुँ क्रमागत छन् । मनाङमा शून्य उजुरी छ भने मुस्ताङ दोस्रो कम उजुरी पर्ने जिल्ला रहेको छ ।
विवेकशील साझा पार्टीले वाइडवडी, ३३ केजी सुन, मेलम्ची र गण्डकी मेडिकल कलेज लगायतमा भ्रष्टाचारको विषयमा काबारही गर्न भनि सरकारलाई दबाब दिँदै आएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार अघिल्लो वर्ष १ सय २२ औँ स्थानमा रहेको नेपाल अहिले भ्रष्टाचार हुने मुलुकहरुमध्ये १ सय २४ औँ स्थानमा झरेको छ । र, दक्षिण एशियाली आठ मुलुकमध्ये नेपाल पाँचौ स्थानमा रहेको छ ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०