पोखरा, ४ चैत । कर नतिर्ने पोखराका प्याराग्लाईडिङ कम्पनीको उडान वन्द गर्ने प्रक्रियामा नगरपालिका अगाडि वढेको छ ।
दर्ता नै नगरी उनीहरुले उडान भरेपछि पोखरा महानगरपालिकाले उनीहरुको उडान वन्द गर्ने तयारीमा जुटेको छ ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालल सुवेदीले पोखरामा ५६ वटा प्याराग्लाइडिङ कम्पनीले उडाउन स्वीकृति पाएकोमा ३५ याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएको जानकारी सुवेदीले दिए ।
केहीले कर दर्ता नै नगरी संचालन गरिरहेको छन, उनीहरुलाई वन्द गर्ने प्रक्रियामा छौ, उनले भने । कास्कीको सराङकोट, तोरीपानी, डिकीडाँडा र मान्द्रेढुंगावाट प्याराग्लाइडिङ उडाउने अनुमति छ तर अनुमति बिनाका डाँडावाट पनि उडान गर्ने गरिएको छ ।
महानगर पालिकाले प्याराग्लाईडिङ कम्पनीलाई नीकरण गर्न र दर्ता गर्न १५ दिनेको समय दिएको भएपनि यस १५ दिनमा। व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्म समय तोकिएको थियो ।
नवीकरण र राजस्व नगर्ने कुनै पनि कम्पनीले अब उडान भर्न पाउने छैनन । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर तोकेको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१