जाजरकोट, २७ फागुन । जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या देखिएको छ ।
बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताए ।
पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सो अनुसारको सामग्री नहुँदा उपचारमा समस्या आउने गरेको छ ।
अस्पतालमा चिकित्सक भए पनि उपकरणको अभावमा भने जति सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ । उपचारमा आएकामध्ये ७० प्रतिशत बिरामीको एक्सरे गर्नुपर्ने अवस्था भए पनि पुराना र छिटो, छरितो सेवा प्रवाह गर्न सक्ने खालका उपकरण नहुँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए ।
विसं २०२७ मा निर्माण भएका पुराना भवनमा सेवा दिँदा समस्या भएको अध्यक्ष बस्नेतको भनाइ छ । डिजिटल एक्सरे भएमा बिरामीलाई तत्काल समस्या पत्ता लगाउन सकिन्छ र अन्य एक्सरेभन्दा स्पष्ट देखिने गर्छ अस्पतालका प्रमुख लामाले भने ।
भिडियो एक्सरे भए पनि पुरानो भएकाले काम गर्दा समस्या आउने गरेका अस्पताल प्रशासनले बताएको छ । सुत्केरी सेवा दिनका लागि पर्याप्त ठाउँ नहुँदा सास्ती हुँदै आएको छ । ठाउँ, ठाउँमा चिरा परेको पुराना भवनमा सेवा प्रवाह गर्दा गाह्रो भएकोे अध्यक्ष बस्नेतले बताए । भवनकै अभावमा चिकित्सकलाई राम्रो आवासको व्यवस्था गर्न सकिएको छैन् ।
जाजरकोट अस्पतालको फार्मेसी सेवा प्रभावकारी नहुँदा दुःख पाएको बिरामीले बताएका छन् । औषधि बिक्री भएको रकमसमेत नियमित जम्मा नहुँदा र जसलाई चाहिन्छ, उसैले लिने गरेको पाइएको छ । तीन वर्ष अघि टिकट काटेको रकम अहिलेसम्म अस्पतालको खातामा जम्मा हुन सकेको छैन ।
अस्पतालबाट उठेको रकम बैंकिङ प्रणालीमार्फत् जम्मा भई काम हुनुपर्नेमा जसले टिकट काट्छ, उसले नै व्यक्तिगत रुपमा चलाउँदा दुरुपयोग भएको हो ।
Related News
सम्बन्धित समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
hero news full width
मुख्य समाचार
पर्यटन बसपार्क जिम्मा ए वानलाई
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०