पोखरा, २६ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शुसाशन कायम गर्ने भनि अगाडि वढेको केपी नेतृत्व सरकार एक बर्षमा नै संस्थागत भ्रष्टाचारमा डुबेको बताएका छन् ।
नेपाली काँग्रेस कास्कीद्धारा आइतबार नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता पौडेलले भने —सुन काण्ड, एनसेल, वुढीगण्डकी, वाइडवडी, फोर जी, जस्ता काण्डमा सरकारमा रहेका मन्त्रीले अरबौ रुपैयाँ भ्रष्टाचार गरेका छन् ।
करोडमा पनि हैन अव त भ्रष्टाचार अरबमा हुन थाल्यो, अरबौको भ्रष्टाचारलाई झिसमिस पार्न केपी ओली नै अख्तियारलाई धम्क्याउने र अदालतलाई तर्साउने काम गरेका छन्, नेता पौडेलले भने– अव काँग्रेसले भ्रष्टाचारका मुद्दालाई बोकेर जनतामाझ जानु पर्छ ।
शान्ति सुरक्षा, शुसाशन, भ्रष्टाचार र महंगी वढेको छ, जनताले कर तिर्न सक्ने अवस्थामा छैनन, यस्तो अवस्थामा अब काँग्रेस चुप लागेर बस्नु हुदैन, नेता पौडेलले भने— काँग्रेस एक भएर अगाडि वढ्नुको विकल्प छैन ।
नेपाली काँग्रेसको वारेमा कुरा गर्दै नेता पौडेलले भने—शनिवार म्याग्दीको तातो पानीमा सभापति देउवा र म सँगै डुबुल्की मा¥यौ, त्यस्तो डुबुल्कीले मात्र एकता हुदैन , मनदेखि नै एकताको सन्देश हुनु प¥यो उनले भने–वाहिर एक थरी भित्र शत्रुको भावना राख्ने काम बन्द गर्नु पर्छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले विकास र समृद्धिका कुरा गर्ने सरकार भ्रष्टाचारमा डुबेको बताए । वाइडवडीमा साढे चार अर्ब, फोरजीमा १२ अर्ब, एनसेलमा ६० अर्ब, सुन काण्डमा करोडौ भ्रष्टाचार भएको छ, वुढीगण्डकीमा पनि अरबौको हिनाबिना हुदै छ, नेता कोइरालाले भने— बर्तमान सरकार तानाशाहतर्फ अगाडि वढेको छ ।
नेपालमा विदेशीहरु लगानी तर्फ आकर्षित छैनन, नेपालमा लगानी गर्न देशको शान्ति सुरक्षा, शुसाशन, भ्रष्टाचार, पारदर्शी र लोकतन्त्रको अवस्था के छ भनेर मात्र लगानी गर्न आउने गर्छन तर नेपालमा ती सवै कुरा राम्रो नभएकाले लगानी गर्न आउने अवस्था न्यून देखिएको छ ।
अर्का नेता गुरु घिमिरेले केपी शर्मा नेतृत्वको सरकारले संघीयता र लोकतन्त्रलाई नै समाप्त गर्न खोजेको बताए । उक्त कार्यक्रम नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो । प्रेस युनियन कास्कीमा नवीन सिग्देलको अध्यक्षतामा नयाँ समिति बनेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
१७ वर्षे बालकले बस चोरेर चलाउँदा
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०यसरी रित्तियो बक्राङ
मंसिर २३, २०८०ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०