सृजनशील टोल विकासको आफ्नै भवन

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७५
sirganshill tool_Fotor

लेखनाथ, ४ फागुन । पोखरा–२६, जरुवामा रहेको सृजनशील टोल विकास संस्थाले विभिन्न सामाजिक संघ संस्था र टोलवासीको आर्थिक सहयोगमा पक्की भवन निर्माण गरेको छ ।

कुल २३ लाख रुपैयाँ लागतमा निर्मित सामाजिक भवनको शनिवार वडाध्यक्ष नारायणप्रसाद बरालले उद्घाटन गरे ।

उनले टोलवासीको सहयोगले नै वडाको विकास सम्भव भएकाले विकासका लागि जनता र सरकारबीच सहकार्य हुन सके छोटो समयमा धेरै विकास गर्न सकिने धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष कल्पना बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय समाजसेवी लिलाधर बराल, चन्दादाता प्रकाशलाल श्रेष्ठ, भवनका संरक्षक बसन्तनाथ योगी, जग्गादाता मधुमाया योगी, निवर्तमान अध्यक्ष गणेशभक्त अधिकारी, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष गणेश लामिछाने लगायतले सबैको साथ सहयोगले भवन बनाउन सकेकोमा खुसी ब्यक्त गरेका थिए ।

संस्थाका सचिव हरि लामिछानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा ढुंगानाले व्यक्र गरेकी थिइन् ।

सोही अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने सहयोगदातालाई सम्मान गरिएको थियो । नवनिर्मित भवनमा सभा हल, स्टोर कक्ष र कार्यालय कक्ष रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width