हेमजा, २७ माघ । पोखरा–२, अर्चलवोटस्थित सनफ्लावर बोडिङ स्कुलको ३० औं वार्षिकोत्सव, अविभावक दिवस तथा पुरस्कार वितरण समारोह आइतवार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले शिक्षक सबै ज्ञानको भण्डार नभएको चर्चा गर्दै शिक्षण सिकाईका लागि सहजीकरण गर्ने व्यक्ति मात्रै शिक्षक भएको औँल्याए ।
उनले बालबालिकाको पढाईमा सचेत रहन अविभावकलाई सुझाव दिर्दै कतिपय निजी विद्यालयका संचालकले आफ्नो धनाड्यपन प्रस्तुत गर्दा सबै निजी विद्यालय संचालकलाई नकरात्मक असर परेको पनि जनाए।
प्याव्सन कास्कीका सचिव विष्णु तिमिल्सीनाले बालबालिकाले अनुकरण गरेर सिक्ने भएकाले आ– आफ्ना क्रियाकलापमा सचेत रहन अविभावकलाई सुझाव दिए । विद्यार्थीले मेहनतपुर्वक अध्ययन गर्नु उनीहरुको धर्म भएको उनको ठहर थियो। पोखरा २ का अध्यक्ष रामेश्वर मल्लले विद्यार्थीलाई कितावी ज्ञानका अलवा नैतिक तथा व्यवहारिक शिक्षा पनि दिनुपर्ने खाँचो औँल्याए ।
विन्ध्यवासिनी माविका प्रधानाध्यापक वसन्तराज पाण्डेले शिक्षण क्रियाकलापमा भाषालाई महत्व दिन नहुने चर्चा गदै भाषा भन्दापनि सिकाई ठुलो हुने जनाए ।उनले विद्यालयलाई सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।
विद्यालयका प्राचार्य ए.एम गुरुङले निकट भविष्यमै कक्षा १२ सम्म संचालनको तयारी विद्यालयले थालेको जानकारी दिर्दै वार्षिक योजना निर्माण गरी विद्यालयका गतिविधिलाई व्यवस्थित गरिएको भनाई राखे ।त्यस अवसरमा अविभावक एकनारायण गौतमले पनि भनाई राखेका थिए ।
कार्यक्रमका बीच लेखापाल सोमनाथ पौडेल, शिक्षक गौरी नेपाली र कमला भुजेल, घरधनी बेलकुमारी शाह लगायत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यस्तै विद्यार्थीहरु सर्लिना सिर्पाली, आईसा पराई, रोशन श्रेष्ठ, भेरोनिका गुरुङ, समिक्षा अधिकारी लगायतले विभिन्न प्रस्तुति राखेका थिए । त्यस्तै ‘परिवर्तन’ नामक नाटक मञ्चन गरिएको थियो भने सामुहिक तथा कक्षागत रुपमा विद्यार्थीले थप प्रस्तुति पनि राखेका थिए ।
विद्यालयका निर्देशक दीपक शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह–प्राचार्य दीलिप देवकोटाले स्वागत तथा संचालन शिक्षक कमल पौडेल, शिक्षिका गीता पहारी, विद्यार्थीहरु प्रशान्त ढकाल, प्रेयङका गहतराज, पायल ठकुरी, रोशन क्षेत्री लगायतले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१