पोखरा, १४ माघ । कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबारदेखि मनकामना केवलकार पोखरा कप–२०७५ हुँदैछ । उद्घाटनमा एपीएफ र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुँदैछ ।
१२ टिमको सहभागिता हुने प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लब मनाङ मस्र्याङ्दी, संकटा, थ्रिस्टार, नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज तथा जापानको रिस्सो युनिभर्सिटी र क्यामरुनको डफिन्स टिम फेमेलीको सहभागिता रहने संघ अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
माघ २६ सम्म हुने प्रतियोगितामा यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । जसअनुसार विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने छन्। उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र फुटबल खेलमा योगदान दिने एक जना खेलाडीलाई सम्मानस्वरुप स्कूटर प्रदान गरिनेछ । यस्तै एक जना पत्रकारलाई समेत सम्मानित गरिने छ । प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ ।
पाँचौ संस्करणसम्म निरन्तर आयोजित सो प्रतियोगिताले २ वर्षपछि पुनः निरन्तरता पाएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१