पोखरा, ३० पुस। क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुने भएको छ । दमौलीमा सम्पन्न केन्द्रीय विस्तारित बैठकले सो निर्णय गरेको हो।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता सहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक व्यवस्था कार्यान्वयन गराउन समाजको नेतृत्व चयन गर्न महाधिवेशन निर्णायक रहने केन्द्रीय सचिव कृष्ण थापाले बताए।
महाधिवेशनलाई बृहत् सहभागितासहित समाजले लिएको माग र मुद्दालाई संस्थागत गराउन निर्णायक रुपमा अगाडि बढाइने उनले बताए । समाजको ६२ जिल्लामा कार्यसमिति र भातृ समाजको सक्रियता रहेको जनाइएको छ ।
बैठकले महासचिव रोमबहादुर कार्की, कोषाध्यक्ष रिबबहादुर थापाद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।
समाजले फागुन मसान्तभित्र सम्पूर्ण जिल्ला कार्यसमिति, भातृ समाजहरुबाट महाधिवेशन प्रतिनिधि चयन गरिने, सोको व्यवस्थापन सचिवालय मार्फत कार्यान्वयन गरिने भएको छ।
बैठकमा पूर्व केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले क्षत्रीहरुको माग मुद्दा सम्बोधनका लागि तथा राष्ट्रिय अखण्डताका लागि समाज सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताए।
समाजका केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले जातीय आरक्षणविरुद्ध राष्ट्रिय एकताका प्रतीक बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा स्थापना गराई क्षेत्री दिवस घटस्थापनालाई पर्वको रुपमा सार्वजनिक बिदासहित राष्ट्रिय सद्भावका लागि समाज सदैव लाग्नुपर्ने बताए।
बैठकमा जिल्लागत रुपमा कार्यप्रगति सहित सुझाव पेश गरिएको थियो।
केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर कार्की, तनहुँका अध्यक्ष क्याप्टेन भरतबहादुर अधिकारीले केन्द्रले सम्पूर्ण जिल्लालाई कार्यक्रम सहित सहभागिता बढाउनुपर्ने बताए।
बैठकले फागुन मसान्तभित्र बाँकी रहेका सम्पूर्ण जिल्ला मातहतका समाज, भातृ समाजको अधिवेशन गराउने निर्णय गरिएको सचिव शंकरबहादुर केसीले बताए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९