पोखरा, २१ पुस। जता हेर्यो त्यतै जुम्ल्याहा । एकपछि अर्कोमा निरन्तर आँखा पुग्दा पनि अझै नसिकिने । हुबहु अनुहार, समान उचाइ र उस्तै लवाइका यस्ता जोडी आफै पनि अचम्मित थिए ।
नेपालमै पहिलो पटक पोखरामा शनिबार आयोजित जुम्ल्याहा सम्मेलनको दृश्य हो यो । जुम्ल्याहाको स्वास्थ्य अवस्था, उनीहरुको समस्या र आपसी भलाकुसारीको मेसो मिलाएको थियो, लायन्स क्लब अफ पोखरा नसेर्सले ।
कार्यक्रममा २९ जोडी जुम्ल्याहा उपस्थित भए । त्यसमा सबैभन्दा कान्छा साढे २ वर्षदेखि बढीमा ४७ वर्षसम्म उमेर समूहको जुम्ल्याहा सहभागी भएको क्लब अध्यक्ष नीलम महर्जनले जानकारी दिइन् । जुम्ल्याहाको रमाइलो कुरा सुन्ने, उनीहरुसँग सेल्फी खिच्नेहरुको पनि उस्तै भिड थियो ।
कार्यक्रमबीच बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले जुल्याहाको स्वास्थ्य जाँच गरेका थिए । उनले आर्थिक स्थित कमजोर भएकालाई जुम्ल्याहा सन्तान हुर्काउन, बढाउन र पढाउनसमेत कठिनाइ हुने बताए ।
जुम्ल्याहा सन्तानकी आमा अंशु ढकाल लम्सालले जुम्ल्याहा हुकाउँदाको अनुभव सुनाइन् । बच्चा हुर्काउँदा पालैसित एकलाई माइतमा र अकोर्लाई घरमा राखेर हुर्काएको उनले सम्झिइन् । उनका गंगा जमुना नाम गरेका जुम्ल्याहा सन्तान छन् ।
दम्पत्ति नै जागिरे हुँदा बच्चा हुर्काउन निकै कठिन भएको सम्झिदै उनले भनिन्, ‘एउटा रुँदा अर्को पनि रुने हुँदा हामीहरु छुट्टाछुट्टै कोठामा एउटा–एउटा च्यापेर रात काट्थ्यौं ।’
आयोजक क्लब अध्यक्ष महर्जनले पहिलो पटक आयोजित सम्मेलनमा सोचेभन्दा बढी जुम्ल्याहा आएकोमा खुसी लागेको बताइन् । अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएका आमा र बच्चाको हेरचाहक्रममा धेरै जुम्ल्याहा एकै ठाउँ राख्दा कस्तो होला भन्ने सोच २ वर्षअघि पलाएको उनले सम्झिन् । उक्त सोच अहिले आएर साकार भएको र यसमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादसमेत दिइन् ।
लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालका एमजेएफ लायन विश्वेश्वर आचार्यले नर्सिङ पेसा आफैमा सम्मानित भएको र जुम्ल्याहा जुटाएर सो कार्य गरेकोमा धन्यवाद दिए ।
सम्मेलनमा सहभागीमध्ये जुम्ल्याहाकै अर्काे जुम्ल्याहा पुस्तासमेत उपस्थित थियो । कास्कीको मादी ७ घर भइ हाल पोखरा १३ बस्ने गंगाकुमारी सापकोटाले २०५४ सालमा जुम्ल्याहा छोरा अमृत र अनिल जन्माएकी हुन् । जुम्ल्याहा गंगाकुमारीको बहिनी जमुनादेवी पोखरा–१३ मै बस्छिन् । उमेरले गंगाजमुना चालीस कटे ।
पोखरा र आसपास क्षेत्रबाट सम्मेलनमा भाग लिएका जुम्ल्याहामध्ये केटाको तुलनामा केटी जुम्ल्याहाको संख्या बढी रहेको क्लब सचिव गीता जोशीले बताइन् ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष नीशा श्रेष्ठ र मिडसन सदस्य बन्दी गुरुङले जुम्ल्याहा सन्तान जन्मने अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा लायन्सका रिजन चेयरपर्सन अर्जुनबहादुर थापा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रशासक सरिता बराल, क्लब अध्यक्ष एवं मिडसनका प्रदेश संयोजक नीलम महर्जन र सचिव गीता जोशीले बोलेका थिए ।
मिडसनको सहयोगमा आयोजित सम्मेलनले आगामी दिनमा अझै बढी जुम्ल्याहा खोजी गरी बृहत् भेलामार्फत क्लब गठन गर्ने र सामाजिक हकहितको पक्षमा काम गर्ने योजना बनाएको लायन्स पोखरा नसेर्स अध्यक्ष नीलम महर्जनले जानकारी दिइन् । नर्सहरुमात्र आबद्ध क्लब पोखरा नसेर्स गत वर्षमात्र स्थापित भएको हो । क्लबमा हाल ४३ जना नर्स सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९