पोखरा, २२ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा १८, लामागाउँमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नेपाल अर्वुद रोग निवारण संस्था, रोटरी क्लब अफ अन्नपूर्ण र आरसीसी अन्नपूर्ण सराङ्कोटले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीय ७६ जना सहभागी थिए।
त्यस अवसरमा क्यान्सर रोगको कारण, अवस्था र निवारण लगायत विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका सचिव नारायण पराजुली र प्रथम उपाध्यक्ष प्रेम भुजेलले सहजीकरण गरेका थिए।
कार्यक्रम पोखरा लेखनाथ महानगरपालिका वडा १८ का वडा सदस्य हरि लम्सालका प्रमुख आतिथ्यमा भएको हो।
कार्यक्रममा वडा सदस्य भोजकुमारी थापा, रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष बाबुराम बराल, आरसिसी अन्नपूर्ण सराङ्कोट अध्यक्ष दिलु गुरुङ लगायत बोलेका थिए। नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा आरसिसी अन्नपूर्ण सराङ्कोट उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत र रोटरी क्लब अफ अन्नपूर्णका पूर्व अध्यक्ष डिल्लीप्रसाद शर्माले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९