पोखरा, १५ फागुन। सामाजिक जागरणका लागि नारी अभियानले पोखरामा महिलालाई ट्राफिक सचेतनासँगै गाडी सिकाउने अभियान शुरु गरेको छ।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा मानव सेवा आश्रमको परिचयात्मक कार्यक्रमसँगै गाडी सिकाउने अभियान शुरुवात गरिएको पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य समेत रहेकी सामाजिक जागरणका लागि नारी अभियानकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिइन् ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश ४ का उपसभामुख सृजना शर्माले मानवसेवा नै सबै मानिसको कर्त्तव्य भएको बताइन् । उनले सेवामा जस्तो आनन्द अरु कार्यमा नहुने बताइन्। उनले मानव सेवा आश्रमले गरेको सेवा र सामाजिक जागरणले समाज र महिलाका लागि गरेका गतिविधिको प्रशंसा गरिन्।
यस्तै, उपसभामुख शर्मालाई सामाजिक जागरणका तर्फबाट सम्मान गरियो । उनलाई अभियन्ता सुष्मा पौडेलले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरिन् ।
यस्तै, सोही कार्यक्रममा प्रदेशसभा सदस्य प्रभा कोइराला, गायत्री गुरुङ र मीना गुरुङलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमबीच विभिन्न आमा समूह तथा संस्थाका महिला समूहले समेत सम्मान गरेका थिए।मानवीयताको लागि सडक मानवको हकहित र अधिकार विषयमा आवाज उठाउँदै मानवसेवा आश्रमको विषयमा आश्रमको अभियन्ता होमनाथ तिमल्सिनाले परिचयात्मक प्रस्तुति राखेका थिए ।
अभियन्ता नवराज केसी र राजेश फुयालले कास्कीमा मावन सेवा आश्रम चाँडै सञ्चालन हुन लागेको जानकारी दिँदै सहयोगका लागि आहृवान गरे।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले टोलटोलमा ट्राफिक सचेतना जगाउनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा ट्राफिक सचेतना विषयमा सहायक प्रहरी निरीक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए।
संस्था अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सरस्वती अधिकारी र सञ्चालन पवित्रा केसीले गरेका थिए। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानवअधिकारकर्मी, समाजसेवी, आमा समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि गरी १ सय ५० भन्दा बढीको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९