पोखरा, ९ माघ । वसन्तपञ्चमी तथा सरस्वती पूजा अवसरमा पोखराको गुरुकुल संगीत प्रशिक्षण स्कुलमा मंगलबार श्रष्टा सम्मान गरिएको छ।
वसन्तपञ्चमी संगीतउत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि प्राडा कुसुमाखर न्यौपानेले आगामी दिनमा संगीत विषयको विश्वविद्यालयस्तरीय पठनपाठन पोखरामै गराउन आफूले कदम चालेको र निकट भविष्यमा सो लागू गराउने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा तीन दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याएकोमा गायिका लक्ष्मी गिरीलाई सम्मानपत्र गरियो ।
यस्तै, केन्द्रमा नियमित तथा अनुशासित २ जना प्रशिक्षार्थी पैटि्रक चैटटन र रोशनी गुरुङ उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भए । कार्यक्रममा सुरेश पुनले शास्त्रीय संगीत राग मुल्तानीमा विलम्बित र छोटा ख्याल प्रस्तुत गरेका थिए । गायक अनिल विश्वकर्माले सरस्वती वंदना रेणुका गुरुङले गुरुवंदना प्रस्तुत गरेका थिए । कार्यक्रममा क्रिएटिभ ब्रोडकास्टिङ मिडियाका प्रोपाइटर मिलन प्रतीकले शुभकामना मन्तब्य राखे ।कार्यक्रममा गायक पशुपति गुप्ता र गणेश शर्माले भजन गाए । समुद्र अधिकारीले स्वदेशगान साथै सनिल बिक, सुजन रानाभाट, रेखा भट्टराई, श्वेता भुजेल, ममता गुरुङ, स्मृति अधिकारी, मनिषा राना, सुभाष मीन, रोशनी गुरुङ, प्रकृति श्रेष्ठ, अनिष श्रेष्ठ, विष्णु गुरुङ, एकता कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा नवराज बराल, श्यामलाल श्रेष्ठ, कृष्ण मर्सारी, वीनित जोजिजु, जसु गुरुङ, डा हरि शर्मा, दिलु गुरुङ, सुवास भूतेल, अर्जुन भण्डारी, अञ्जु केसी, सविना क्षत्रीलगायत उपस्थित थिए।
संस्थाका संस्थापक एवं गुरु तीर्थराज पोखरेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नारायण न्यौपाने र मदन रानाभाटले गरेका थिए । कार्यक्रम संयोजन र व्यवस्थापन क्रमशः बिमलकुमार लामा र नवराज न्यौपानेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१