केदारेश्वरमा शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८१
kedareshor news

पोखरा । पोखरा ६ बैदाममा रहेको केदारेश्वर महादेव मणि सेवाश्रम समिति तथा केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम बोलबमधामा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान भयो । कार्यक्रममा मन्दिरका पीठाधीश डा. चिद्धन चैतन्य महाराजले नववर्षले देशमा स्थिरता, समृद्घि ल्याउन सकोस् भन्दै शुभकामना दिए ।

मानव शरीर बारबार नपाइने र यस्को उद्देश्य आनन्दको प्राप्ति भएकाले आजैबाट आफ्नो बोली, व्यवहार, खानपान र रहनसहनलाई सुधार्दै मानव कल्याणमा लाग्न आग्रह गरे ।

कार्यक्रमबीच २०८१ को भित्तेपात्रोसमेत विमोचन गरियो । भित्तेपात्रोमा सम्पूर्ण महŒवपूर्ण तिथि मिति स्पष्ट समेटिएको बताउँदै हरेक वर्ष नीतितगत श्लोक तथा आवश्यक शुभसाइत र दिशालाई पनि प्राथमिकताका साथ समेटिएकाले अरु पात्रोभन्दा भिन्न रहेको छ ।

कार्यक्रममा सेवाश्रम समितिका उपाध्यक्ष मीना भट्टराई, समाजसेवी तेजबहादुर भट्टराई लगायतले शुभकामना दिए । कार्यक्रममा स्वागत समितिका वरिष्ठ उपाध्यक्ष दयानन्द पोख्रेल र सञ्चालन केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका प्राचार्य गणेश पौडेलले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts