गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
gbs

पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान अध्यक्ष एवं अभिभावक कमलबहादुर श्रेष्ठ र अभिभावकतर्फबाट नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी विमला भण्डारीलाई सदस्य मनोनीत गरेको हो । उनीहरुको कार्यकाल ३ वर्षको हुुनेछ।

स्थानीय, जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी, अभिभावकबाट १ महिलासहित ३ जना मनोनीत गर्ने व्यवस्था रहेकोमा सोही बमोजिम गरिएको प्राचार्य वीरेन्द्र खड्काले बताए।

मदनबहादुर स्थानीय एवं जग्गादाता हुन् । सामुदायिक प्रहरी सेवामा समेत सेवा गरेका कमलबहादुर एग्बोसाबाट सिफारिस गरिएका हुन् । एग्बोसाले अभिभावकसमेत हुने गरी अध्यक्ष एवं पूर्व अध्यक्ष सिफारिस गर्ने व्यवस्था छ । अभिभावक समेत रहेकी विमला भण्डारी पत्रकारिता एवं सामाजिक सेवामा पनि क्रियाशील छन्।

अघिल्लो समितिका डा. पविन थापा, डा. पूजन शर्मा र डा. किसम गुरुङको कार्यकाल सकिएको छ।

सार्वजनिक गुठीअन्तर्गत सञ्चालित राष्ट्रिय विद्यालय गण्डकी बोर्डिङमा शिक्षा मन्त्रालयका सहसचिव व्यवस्थापन समिति अध्यक्ष रहने व्यवस्था छ । ९ सदस्यीय व्यवस्थापन समितिमा हाल केशव दाहाल अध्यक्ष छन् । पदेनसदस्यमा कास्कीका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख, विद्यालय प्रिन्सिपल र शिक्षक प्रतिनिधि छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts