पोखरा आदर्श सेकेन्डरीमा सम्मान तथा बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
Pokhara aasarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरमा बिदाइ तथा सम्मान कार्यक्रम भएको छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई गरिएको हो ।

कक्षा ११ का विद्यार्थीले नृत्य, गायन तथा कविता प्रस्तुत गरी कार्यक्रमलाई अत्यन्त रोचक एवं मनोरञ्जनपूर्ण बनाएका थिए ।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले विद्यार्थीले १२ कक्षा उत्तीर्णपछि कसैको करकापमा नपरी आफ्नो रोजाइको विषय चयन गरी पढ्दा सोही विषयमा सफलता मिल्ने सुझाव दिए ।

प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले समग्र विद्यालयको अवस्थाका बारेमा बताउँदै कक्षा १२ का विद्यार्थीको शैक्षिक सफलताको कामना गरे ।

कार्यक्रममा कक्षा ११ का छात्र प्रभुभक्त आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ११ कै सहृदय पौडेल र अनामिका गुरुङले शुभकामना मन्तव्य राखे । कक्षा १२ का अनुष्का श्रेष्ठ र इन्द्रा गुरुङले धन्यवाद मन्तव्य दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सापकोटाको अध्यक्षता भएको औपचारिक कार्यक्रमको सञ्चालन सहप्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए । सांस्कृतिक कार्यक्रम कक्षा ११ का छात्राद्वय ऋचा अधिकारी र संस्कृति चालिसेले चलाएका थिए ।

सो अवसरमा कक्षा १२ का विद्यार्थीबाट विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै