जनप्रिय माविका पूर्व विद्यार्थी संगठित

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
Jmc

पोखरा । पोखरा–८ सिमलचौरको जनप्रिय मावि विद्यार्थी व्याच–२०४७÷४८ तदर्थ समिति गठन भएको छ ।

शनिबारको भेलाबाट भरतराज सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

समिति वरिष्ठ उपाध्यक्षमा विश्व बिजुक्छे, उपाध्यक्षमा देवी थापा सचिव मोहन पराजुली, कोषाध्यक्ष वीरबहादुर अधिकारी, सहसचिव विष्णु भण्डारी र सहकोषाध्यक्ष बलराम बास्तोला छन् । सदस्यमा इन्द्र गुरुङ, भरतराज शर्मा, जूनु श्रेष्ठ र जीवन श्रेष्ठ रहेका छन् ।

पूर्व शिक्षक नारायण पराजुलीले विद्यार्थीको यो भेला ऐतिहासिक रहनुका साथै संगठनले आपसी भाइचाराको महत्व अझै बढाएकोमा संगठित हुन सबैमा अनुरोध गरेका थिए ।

भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नारायण सुवेदी, विद्यार्थी देवी थापा, विष्णु भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

शैक्षिक विकास र समाजिक कार्यमा विद्यालयसँग हातेमालो गर्दै संगठनलाई समाजसँग जोडिनु मूल उद्देश्य रहेको तदर्थ समिति अध्यक्ष सिग्देलले बताए । भेलामा करिब ७० विद्यार्थी उपस्थित थिए ।

कार्यक्रममा स्वागत मोहन पराजुली र सञ्चालन विश्व विजुक्छेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै