कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
karnali yam lal kandel

पोखरा । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई नेपालको संविधान १६८(२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।

गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधान १६९(१) बमोजिम राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । उनले २७ चैत साँझ साढे ५ बजेभित्र कर्णाली प्रदेशको मुख्यमन्त्री पदको दाबी गर्न आह्वान गरिएको हो ।

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमत संख्या २१ चाहिन्छ । जसमा गठबन्धनको पक्षमा २४ जना (सभामुखसहित) सांसद छन् ।

कर्णालीमा सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डाको विषय भने पेचिलो बन्दै गइरहेको छ । यसअघि यहाँ नेकपा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री थिए । तर केन्द्रको सत्तागठबन्धन फेरिएसँगै कर्णाली एमालेको भागमा प¥यो र उनले राजीनामा दिएसँगै कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्यो । कँडेल प्रदेशसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र–२ (क)बाट निर्वाचित भएका थिए ।

प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो । गत वर्ष १० पुसमा माओवादी–एमालेबीच बनेको गठबन्धन भत्किएपछि २६ चैतमा सरकारबाट बाहिरिएको एमाले त्यसको ठीक १ वर्षपछि नेतृत्वसहित सरकारमा गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts