जनचेतनामूलक कार्यक्रम सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
ambika faundation

पोखरा । अम्बिका भागवत् फाउन्डेसन नेपाल, सम्झना सामाजिक सेवा समिति र नारी सेवा समितिको आयोजना महिलाहरुका लागि जनचेतना अभिवृद्धि तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ को सहकार्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिका वडा नम्बर ५ का सदस्य कल्पनाकुमारी थापाले जनचेतनामुलक कार्यक्रमले महिलाहरुको क्षमता विकासमा सहयोग पुग्ने बताइन् । उनले अम्बिका भागवत् फाउन्डेसन नेपालले गरिरहेका गतिविधिहरुले समाजमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको बताइन् । शिक्षासेवी हेरम्बप्रसाद पार्वती कोराइराला प्रतिष्ठानका संस्थापक हेरम्बप्रसाद कोइरालाले नारी शक्ति विभिन्न सामाजिक संस्थाको नेतृत्व लिएर अगाडि बढ्ने हो भने समाजलाई फाइदा पुग्नेमा जोड दिए । नारी सेवा समितिका अध्यक्ष विष्णु पराजुलीले महिलाहरुको क्षेत्रमा फाउन्डेसन सँग सहकार्य गरेर कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

फाउन्डेसनका संरक्षक अम्बिका नेपालले संस्थाले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको जानकारी गराउँदै महिलाहरु आफ्नो स्वास्थ्यको बारेमा सधै सजग रहनु पर्ने बताइन् ।

फाउन्डेसनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत तथा सदस्य केशीमाया नेपालीले सञ्चालन गरेका थिए । महिलाको अवस्था, क्षमता विकास र कानुनी व्यवस्थाको सम्वन्धमा रेडियो सफलताका कार्यकारी प्रमुख दुर्गा अधिकारीले प्रशिक्षण दिएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width