पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०८०
Hospital Approve 1

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।

केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि १ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

१ सय शैयासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिने भए पनि त्यसभन्दा माथि शैयाका लागि संघ सरकारको अनुमति लिनुपर्छ ।

तत्काललाई अस्थायीरुपमा अनुमति प्राप्त भएको र शर्त पालना भए ६ महिनापछि फेरि स्थायीरुपमा सञ्चालन अनुमति मिल्न सक्ने ढकालको विश्वास छ ।

प्रस्तावित पोवि शिक्षण अस्पताललाई केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि १ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिएको भन्ने व्यहोरासहित बुधबारको निर्णयानुसार जानकारी गराइएको ढकालले बताए ।

अनुमति दिनुअघि स्वास्थ्य निर्देशनालयबाट विभिन्न मितिमा स्थलगत अनुगमन भएको थियो । सोको प्रतिवेदन आधारमा मन्त्रालयबाट समेत गत १३ चैतमा स्थलगत अनुगमन भएको थियो ।

अनुमति प्रदानसँगै मन्त्रालयले जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशाला सञ्चालन अनुमति लिनुपर्ने शर्तको पालना गर्न सचेतसमेत गराएको छ ।

गत वर्षदेखि सञ्चालित प्रस्तावित अस्पतालले हाल ओडिपी सेवा दिँदै आएको छ । जसमा करिब ३० जना स्वास्थ्यकर्मीको जनशक्ति छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts