शिवशक्ति मार्ग टोलमा रामकृष्ण

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
fulbari

पोखरा । पोखरा ११, फूलबारीस्थित शिवशक्ति मार्ग टोल विकास संस्था अध्यक्षमा रामकृष्ण केसी चयन भएका छन् ।

संस्थाको शनिबार १४ औं साधारणसभा तथा सातौं अधिवेशनले रामकृष्ण केसीको अध्यक्षतामा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । समिति प्रथम उपाध्यक्षमा किरण केसी, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, सचिव धर्मदत्त ढुंगाना, कोषाध्यक्ष मीनबहादुर गुरुङ, सहसचिव नारायणप्रसाद पौडेल र सहकोषाध्यक्ष हरिराम पराजुली चयन भए । सदस्यमा राधा गुरुङ, गोमा श्रेष्ठ, नारायण श्रेष्ठ, दिलीप गुरुङ, सम्पूर्ण गुरुङ, अनुपमान कर्माचार्य, अञ्जु घिमिरे र मिलन केसी छन् । निर्वाचन संयोजक रवीन्द्र श्रेष्ठ थिए ।

वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले साधारणसभा उद्घाटन गर्दै वडाको विकासमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले उपयुक्त प्रस्ताव आए वडा कार्यालयबाट सधैं सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु दुर्गा जोजिजु, पुण्यप्रसाद पौडेल, समाजसेवी धनबहादुर गुरुङ, शिवशक्ति महिला उत्थान समूह अध्यक्ष गोमा अधिकारी, महाकालेश्वर टोल विकास संस्था अध्यक्ष हेमराज चालिसे, ज्येष्ठ नागरिक गोपीलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष रामकृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गोमा श्रेष्ठ र सञ्चालन सहसचिव नवराज भण्डारीले गरेका थिए ।

सो अवसरमा अध्यक्ष रामकृष्ण केसीको प्रतिवेदन र कोषाध्यक्ष मीनबहादुर गुरुङकाे आर्थिक प्रतिवेदन सर्वसम्मत् पारित भएको संस्थाका सहसचिव नारायणप्रसाद पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width