किरिया बसेका दाजुभाइ परीक्षामा

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
syangja see

स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् ।

पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री र सौगात क्षत्रीले बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् । फेदिखोला गाउँपालिका ४ का उनीहरु सिद्धार्थ माविका विद्यार्थी हुन् । उनीहरुको बाबुको ४ दिनअघि निधन भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा ४ हजार ९९ जना परीक्षार्थी सहभागी भएको जानकारी दिए । उनका अनुसार पहिलो दिन ३४ जना अनुपस्थित भए ।

यस वर्ष स्याङ्जाका १ सय ६८ विद्यालयका ४ हजार १ सय ३३ परीक्षार्थी सहभागी हुँदै छन् । सामुदायिकतर्फ १ सय ३३ र संस्थागततर्फका ३५ विद्यालयका विद्यार्थी छन् । परीक्षार्थीमध्ये २ हजार १ छात्रा र २ हजार १ सय ३२ जना छात्र रहेको शिक्षा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताए । नियमिततर्फ ३ हजार ९ सय १४, प्राविधिकतर्फका १ सय ५६, गे्रड वृद्धिका ६३ जना छन् ।

जिल्लाभरका ११ वटै स्थानीय पालिकालाई समेटेर २६ परीक्षा केन्द्र तोकिएको छ । तीमध्ये वालिङमा ७ र पुतलीबजार नगरपालिकामा ५, फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा एक/एक परीक्षा केन्द्र तोकिएका छन् । यसैगरी, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी र हरिनास गाउँपालिकामा २/२ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width