क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन दमौलीमा हुने

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
b2323b49-781a-4964-95f1-4be7001fd4bf (1)

पोखरा । क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २४ र २५ गते तनहुँ सदरमुकाम दमौलीमा हुने भएको छ ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति र उपसमितिसमेत गठन गरिएको छ । क्षत्री समाज नेपाल तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।

सचिवालय उपसमिति संयोजक जिम्मेवारी प्रेमबहादुर राउत र हरिबहादुर कार्की, प्रचारप्रसार उपसमिति संयोजक जिम्मेवारी डम्बर अधिकारीलाई दिइएको छ ।

अतिथि सत्कार समिति उपसंयोजकमा रामबहादुर अधिकारी, आवास व्यवस्थापनमा शंकर अधिकारी, मञ्च व्यवस्थापनमा गीता महत, खाजा तथा खाना संयोजकमा ललित पाण्डे, र्‍याली व्यवस्थापन संयोजकमा रामचन्द्र कार्की, स्वास्थ्यमा रामचन्द्र अधिकारी, स्वयंसेवकमा कालीबहादुर अधिकारी, सांस्कृतिक व्यवस्थापनमा विष्णुबहादुर खड्का तथा अनुगमन/सुपरीवेक्षण उपसमितिमा ईश्वरबहादुर विष्टलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच, महाधिवेशन भव्य र सभ्य रुपमा सफल बनाउन क्षत्री समाज नेपाल तनहुँको बिस्तारित बैठक मंगलबार दमौली सम्पन्न भएको छ । समाजका अध्यक्ष शम्भुबहादुर अधिकारीको अध्यक्षतामा भएको बैठकमा समाजका निवर्तमान केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापा, केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, महासचिव केशबहादुर केसी, प्रदेश सचिव कृष्ण घिमिरे र सल्लाहकार समुन्द्र गोदार लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width