कास्की कारागारमा आँखा शिविर, १ सय ८८ जनाको आँखा परीक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
Eye Sibir Photo 1

पोखरा । नेत्रज्योति दिवसका अवसरमा जिल्ला कारागार कास्कीका कैदीबन्दीको निशुल्क आँखा परीक्षण गरिएको छ । ४६ आंै नेत्रज्योति दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ कास्की हिमालय आँखा अस्पतालको आयोजना तथा जिल्ला कारागार कार्यालय कास्कीको समन्वयमा शिविर गरिएको हो । उक्त शिविरमा १ सय ८८ जना कैदी, बन्दी र थुनुवा लाभान्वित भएको हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले बताइन् ।

आँखा जाँच गर्नेमा ३० जना महिला र १ सय ५८ जना पुरुष थिए । जसमध्ये ८ जनालाई दृष्टि दोष र ३ जनालाई मोतियाविन्दु देखिएको नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरले जानकारी दिए । आवश्यक परेकाहरुलाई निशुल्क औषधी र चस्मा वितरण गरिएको छ ।

मोतियाविन्दु देखा परेका ३ जनालाई निशुल्क शल्यक्रियाका लागि अस्पतालमै बोलाइएको अध्यक्ष थापामगरले बताए । ‘कसैको पहुँच नभएका कारण स्वास्थ्य बन्चित नहोस्’ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनको भनाइ थियो । अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठको नेतृत्वमा कारागारमा शिविर गरिएको हो । अस्पतालले वार्षिक रुपमा कारागारमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरले धेरै कैदीबन्दी र थुनुवाहरु लाभान्भित भएको उनले बताए ।

शिविर हुनु अघि बाताबरण सरसफाई उपसमितिका संयोजक देवी सुवेदीको नेतृत्वमा पोखरा १७ घारीपाटनस्थित अस्पताल परिसरमा सरसफाई गरिएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ गण्डकी प्रदेश अध्यक्ष प्राडा दीलबहादुर क्षेत्रीले वातावरणलाई स्वच्छ र सफा राख्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width