वेगनासतालमा ड्रागन बोट रेस

खेलकुदबाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न सकिन्छ : मन्त्री श्रेष्ठ

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०८०
dragan boat

लेखनाथ ।  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताएका छन् ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ र ड्रागन बोर्ड एसोसिएसन गण्डकी प्रदेशको सहआयोजनामा भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेस उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले खेललाई सांस्कृतिक, प्राकृतिकजस्तै महŒव दिएर झाँकी ¥यालीसहितको प्रस्तुतिमा हुने खेलले बेगनासताललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा खेललाई पर्यटनसँग जोड्नुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले यस लेखनाथ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा यस क्षेत्रमा रहेका ७ तालको विकास गर्नुपर्नेमा जोड दिँदै पोखरामा रहेको फेवाताल जस्तै लेखनाथको क्षेत्रमा रहेका बेगनासताल, रुपाताल, खास्टे, मैदी, गुँदे, न्यूरेनी तालको विकास गर्न चाहेको बताए ।

लेखनाथको छुट्टै पहिचान भएको बताउँदै विकास निर्माणका हिसाबले लेखनाथ क्षेत्र ओझेलमा परेको स्वीकार गर्दै अधिकारीले यस क्षेत्रका बासिन्दाको भावनालाई आफूले सम्मान गर्ने बताए । प्रथम ड्रागन बोट रेसले महानगरवासी भएको झल्को दिएको बताउँदै अधिकारीले सकारात्मक सोचका साथ राष्ट्रिय अभियान ‘समृद्ध नेपाल, सुखी नेपाली’ स्वरोजगार र रोजगारी सिर्जना गर्ने अभियानमा सबै नेपालीको मन प्रतिबद्ध हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेलले पोखरा र लेखनाथमा वाटर स्पोर्टस्को रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले पोखरा र लेखनाथका सम्पदालाई चिनाउने बताउँदै यसबाट आर्थिक विकास गराउन सकिन्छ भन्ने धारणालाई मूर्तरुप दिएको बताए ।

पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले यस क्षेत्रमा रहेका तालहरूको संरक्षणका लागि महानगरपालिका योजनाबद्ध रुपमा अघि बढिरहेको बताए । प्रवक्ता तिमिल्सिनाले पहिलो चरणमा खास्टे, न्युरेनी तालको संरक्षणका लागि डिपिआरको प्रक्रियालाई अघि बढाउन १० करोडभन्दा बढी परियोजनाको सञ्चालनको क्रममा रहेको जानकारी दिए । खेल क्षेत्रको विकासका आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणमा समेत योजनाबद्धरुपमा महानगर लागिपरेको उनको भनाइ थियो ।

पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले पोखरा र लेखनथामा विशिष्टीकृतरुपमा रहेका तालहरूको संरक्षण गर्न यस कार्यक्रम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यको अध्यक्षतामा भएको भएको कार्यक्रम सञ्चालन होटल तथा रेस्टुरेन्ट एसोसिएसनका महासचिव सुरेश लामिछाने र सञ्चारिका समूह गण्डकी प्रदेशकी पूर्व अध्यक्ष स्मीता अधिकारीले गरेका थिए । होटल तथा रेस्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले स्वागत गरे ।

यसअघि बेगनासतालदेखि आमा समूहहरू, टोल विकास संस्थाहरू, युवा क्लबहरू लगायत विभिन्न सामाजिक संघ संस्थाहरू भेषभूषा, पञ्चेबाजा र झाँकी ¥यालीसहित सहभागी भएका थिए । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरू प्रजापति पराजुली, जीवन दाहाल, शिवहरि ढुंगाना, सम्झना लामिछाने मगरलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

आइतबार २ सय मिटरतर्फ १४ टिमबीच खेल सम्पन्न भए भने सोमबार ५ सय मिटरतर्फका खेल हुनेछन् । प्रतियोगितामा ५ सय मिटरमा प्रथम हुनेले २ लाख, द्वितीय हुनेले १ लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार प्रदान गरिनेछ । २ सय मिटरमा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीयलार्ई २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

?

Related News

सम्बन्धित समाचार

hero news full width