गुडिया बनाउने तथा सिलाइ तालिम

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
wsdo training final

पोखरा । पोखरा–८ स्थित महिला सीप विकास संस्थामा सञ्चालित विभिन्न प्रकारका तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । उनीहरुलाई एक समारोहबीच पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले प्रमाणपत्र वितरण गरेकी थिइन् ।

संस्थाले तीनमहिने तानबुनाइ, एकमहिने गुडिया बनाउने, एकमहिने सिलाइ, १५ दिने प्राकृतिक रंग रंगाउने, १० दिने प्रोडक्ट डिजाइन तथा प्रोडक्ट लाइन तालिम दिएको हो ।

उपप्रमुख गुरुङले सहभागीलाई सिकेको कुरा व्यवहारमा उतार्न र उद्यमी बन्न प्रोत्साहन गरिन् । उद्यमी बन्न महिलासँग उपमेयर कार्यक्रममार्फत सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने बताइन् ।

संस्थाका कार्यकारी निर्देशक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मीना खड्का कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । विभिन्न तालिममा ८० जनाले भाग लिएका थिए । संघले विभिन्न विधामा सम्मानित ५ जनालाई बधाई तथा सम्मानित गरेको थियो ।

संस्था लामो समयदेखि महिला सशक्तीकरणमा जुटिरहेको छ । कार्यक्रमलाई अक्सफाम नेपालले आर्थिक सहयोग पु¥याएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width