पाेखरामा रेवानको होली महोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
reban holy

फाइल फोटो ।

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले चैत ११ गते आइतबार होली महोत्सव गर्ने भएको छ । विगत १७ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव गर्दै आएको होली महोत्सवलाई निरन्तरता दिन लागेको हो ।

होली महोत्सवलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग छलफल गरी अनुशासित र मर्यादित बनाइने रेबानले जनाएको छ । अम्मट चौतारामा सबै जम्मा भई आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहभागी गराई सामूहिकरुपमा र पञ्चे बाजा, संगीतका साथमा गौरीघाट, वाराहीचोक हल्लनचोक हुँदै खहरेचोकसम्म होली खेल्ने कार्यक्रम छ ।

सामूहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सहभागी गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै एकआपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्य राखिएको रेवान अध्यक्ष नरेश भट्टराई बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width