रंगशालामा गण्डकी पारा खेलकुद

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
para (3) Main

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजनामा पारा खेलकुद बुधबार सुरु भएको छ । प्रतियोगिताको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले उद्घाटन गरे । पोखरा रंगशालामा पहिलो दिन मनोसामाजिक अपांगता, बौद्धिक अपागंता र अटिजम अपांगता गरी ३ विभिन्न इभेन्टका खेल भए ।

मनोसामाजिक अपांगता म्यूजिकल चियर प्रतियोगितामा विपना तामाङ प्रथम, मनीषा भुसाल द्वितीय, सुजिता परियार तृतीय र ऋतु मजाकोटी चौथो भए । विजेताले क्रमश ५ हजार, ३ हजार, १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

बौद्धिक अपागंता ८ देखि ११ वर्ष उमेर समूह ५० मिटर दौडमा पुरुषतर्फ विप्सन रोका र अरव जेटी र प्रिन्स गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फ गुराँस रम्तेल, सुहानी बराल र प्रज्ञा कार्की पहिलो, दोस्रो र तेस्रो भए ।

त्यस्तैगरी, बौद्धिक अपागंता ११ देखि १५ वर्ष उमेर समूह १०० मिटर दौडमा पुरुषतर्फ सानु रिजाल पहिलो, प्रशान्त गुरुङ दोस्रो र तेजप्रसाद अधिकारी तेस्रो भए । महिलातर्फ दीपशिखा श्रेष्ठ पहिलो, अनिशा कुमाल दोस्रो र प्रतिभा पौडेल तेस्रो भए । अपागंता १६ वर्ष उमेरमाथि २०० मिटर दौडमा पुरुषतर्फ सागर शेरचन पहिलो, शिशिर पौडेल दोस्रो र मिलन गुरुङ तेस्रो हुँदा महिलातर्फ १०० मिटर दौडमा ऋतु गुरुङ पहिलो, हेलेन श्रेष्ठ दोस्रो र प्रकृति केसी तेस्रो भए ।

अटिजम अपागंता दौड सिकाइ समूह ३ देखि ५ पुरुषतर्फ रिजन आचार्य, प्रतीक अधिकारी र सागर गुरुङ महिलातर्फ आध्या अधिकारी, सुविना अधिकारी र शर्मिला गिरी क्रमश पहिलो, दोस्रो र तेस्रो भए । सोही इभेन्ट सिकाइ समूह ६ देखि १० तर्फ पुरुषतर्फ सञ्जीव कुँवर, रेगम गुरुङ र सिजन गुरुङ तथा महिलातर्फ प्रयुश लामिछाने, प्रियन्स भण्डारी र निमेश पौडेल क्रमश पहिलो, दोस्रो र तेस्रो भए । सिकाइ समूह १० माथि सुभन गुरुङ, अनुकूल लम्साल र आर्यान खत्री तथा महिलातर्फ प्रान्जली घिमिरे, आध्या अधिकारी र सर्लिन गिरी पहिलो, दोस्रो र तेस्रो भए ।

विजयीलाई प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषीराम गौतम, परिषद् सदस्य विष्णुमाया गुरुङ, कार्यक्रमका संयोजक एवं परिषद् सदस्य अमृत बराल, प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी एथलेटिक्स संघ अध्यक्ष हरि बरुवाल, पोखरा महानगर खेलकुदका सदस्य भरतविक्रम बानियाँ, बौद्धिक अपागंता संघका केन्द्रीय महासचिव रामनारायण श्रेष्ठ, कास्की नेत्रहीन संघका कार्यालय प्रमुख एकबहादुर गुरुङ लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

पहिलो दिनको प्रतियोगितामा करिब ८० खेलाडीको सहभागिता थियो । १० चैतमा क्रिकेट महिला पुरुष, ह्विल चियर बास्केटबल, ह्विलचियर टेबुल टेनिस, भलिबल, ब्याडमिन्टन र बोसियाका खेल सञ्चालन हुने संयोजक बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width