असिना प्रभावित १३२ किसानलाई राहत

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
asisa pidit

स्याङ्जा । असिनापानीबाट धानबालीमा क्षति पुगेका किसानलाई पुतलीबजार नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ ।

वडा ५ पौवेगौडे र वडा ९ का किसानलाई नगर प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले प्रभावित किसानका वडामै पुगेर हात हातमा राहत वापतको सो रकम प्रदान गरेका हुन् । पौवेगौडे सुरौदीका ७८ र कोल्मा काल्खुका ५४ गरी १ सय ३२ जना किसानलाई ४ लाख ८३ हजार रुपैयाँ प्रदान गरिएको नगर प्रमुख रेग्मीले बताए ।

पुतलीबजार नगरस्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गतको विपद् कोष मार्फत सो रकम उपलब्ध गराइएको हो । विपद व्यवस्थापन समिति अध्यक्ष समेत रहेका नगर प्रमुख रेग्मीका अनुसार वडा ५ का २४६ रोपनी र ९ मा १ सय ८७ रोपनीमा लगाइएको धानबाली नष्ट भएको छ ।

असिनापानीका कारण सुरौदी र काल्खुमा धान बालीमा नस्ट पारेको भन्दै किसानका गुनासा र कृषि प्राविधिकका अनुगमनपछि राहत उपलब्ध गराइएको उपप्रमुख देवी अर्यालको भनाइ छ । यसै वर्षको कात्तिक १८ मा आएको असिना पानीले फूल खेल्दै गरेका सुन्तला, धान र कोदोलाई समेत क्षति पु¥याएको थियो । अहिले भने धान किसानलाई उत्पादनको १० प्रतिशतका दर आधारमा राहत उपलब्ध गराइएको कृषि प्राविधिक सहायक सुभाष ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width