ओमबहादुर कार्कीको सम्झना

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
om bahadur

पोखरा । पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख एवं रसायनशास्त्र विभागका पूर्व विभागीय प्रमुख सहप्राध्यापक ओमबहादुर कार्कीको सम्झना गरिएको छ । निवृत्त प्राध्यापक समाज पोखराका सदस्य समेत रहेका उनको समाजले ७ औं दिनको पुण्यतिथिको अवसरमा शुक्रबार शोकसभा आयोजना गरी सम्झना गरेको हो ।
त्यस अवसरमा समाजका सदस्य हरिप्रसाद त्रिपाठीले कार्कीको जीवनी, व्यक्तित्व र योगदानको चर्चा गर्दै उनी शिक्षामा क्रियाशील, निष्पक्ष, इमान्दार, सबैप्रति समभाव राख्ने व्यक्तित्वका रुपमा स्मरण गरे ।
त्यस अवसरमा पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोन, पूर्व क्याम्पस प्रमुख गेहेन्दे्रश्वर कोइराला, प्राडा देवेन्द्रबहादुर लामिछाने, प्राडा. डिलबहादुर क्षत्री, प्राडा. चन्द्रबहादुर थापा लगायत सहभागी भए ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले शिक्षाक्षेत्रमा कार्कीको योगदान अतुलनीय रहेको चर्चा गर्दै उनलाई इमान्दार, कर्तव्यनिष्ट शिक्षासेवीका रुपमा सम्झिए ।
मधुमेह तथा रक्तचापबाट पीडित कार्कीको ७६ वर्षको उमेरमा फागुन २५ गते पोखरा १२ स्थित निवासमा निधन भएको हो । समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव प्राडा ज्ञानबहादुर कार्कीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width