पालिका जनप्रतिनिधिसँग कांग्रेसको अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
NC Gandaki Photo 1

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार स्थानीय तहका प्रमुख उपप्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । नेपाली कांग्रेसबाट विजयी बनेका गाउँपालिका तथा नगरपालिकाका प्रमुख÷उपप्रमुखसँगै पार्टीका स्थानीय तह सभापतिहरूसँग अन्तक्र्रिया गरेको हो ।

अन्तक्र्रियामा नेपाल सरकार पूर्वसचिव बाबुराम आचार्य, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेलगायतले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा अधिकांश जनप्रतिनिधिको सहभागिता थियो । गण्डकी प्रदेशले केही समय अघि ल्याएको गण्डकी प्रदेशको संकल्प भेट्नका लागि पनि अन्तर्क्रिया सहयोग पुग्ने आयोजकको भनाइ थियो ।

अन्तक्र्रिया कार्यक्रमको सुरुआतमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसबाट विजयी भएको जनप्रतिनिधिहरू समय–समयमा भेटघाट भएर अन्तक्र्रिया गर्नुपर्नेमा जोड दिए । जसले नराम्रा गतिविधिलाई सच्याउन अनि समयको मागअनुसार सबैलाई सँगै लिएर हिँड्न सहयोग पुग्ने उनले बताए ।

‘गण्डकीको धेरै स्थानीय तहमा हामी छौं तर प्रहार हामीमाथि नै भएको छ । के कारणले भएको हो यसबारेमा जानकारी हुनु आवश्यक छ,’ उनले भने, ‘यस्तो अन्तत्र्रिmयाले हामीलाई सबल बनाउन सघाउँछ । अनि एकले अर्काको काम र भूगोल बुझेर काम गर्न पनि सजिलो हुन्छ ।’ जनप्रतिनिधिहरूले एक पालिकाको राम्रो काम अर्को पालिकाले सिक्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width