गंगाधर र दीपेन्द्रलाई पुरस्कार, त्रिभुवनलाई मरणोपरान्त सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र २, २०८०
FNJ Prize Photo

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ ।

गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासंघ कास्की सचिव माधव बरालले जानकारी दिए । छनोट समितिले सिफारिस गरेको दुबै जनाको नाम महासंघ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो । उनीहरुलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने उनले बताए ।

यो सम्मान आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिईन् ।

यस्तै महासंघ कास्कीको शुक्रबारकै बैठकले पोखरा पत्रकारिता सम्मानका लागि छनोट समितिले सिफारिस गरेको पत्रकार गंगाधर पराजुली र स्व. गजेन्द्र भण्डारीका परिवारको नाम अनुमोदन गरेको छ ।

पोखरा पत्रकारिता सम्मान २०७९ बाट पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन् । पत्रकार पराजुलीलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

साही सम्मान २०८० मा संस्थागत तर्फबाट गजेन्द्र भण्डारीका परिवार अर्पण गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार पुरस्कारका लागि सबैभन्दा पहिला

अक्षयकोष स्थापना गरिदिने स्व. भण्डारीको परिवार (सरस्वती÷राजु भण्डारी) लाई सम्मानपत्रले सम्मान गरिने महासंघले जानकारी दिएको छ ।

पोखरा पत्रकारिता सम्मान नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा चैत १६ गते अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width