सूर्यतारा (नेकोस) खेल महोत्सवमा विविध प्रतियोगिता

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
khel Mahotsav

लेखनाथ । सूर्य तारा क्लब पोखरा र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा लेखनाथमा सूर्य तारा (नेकोस) खेल महोत्सव हुने भएको छ ।

पोखरा–२९ स्थित प्रस्तावित भण्डारढिक रंगशालामा आगामी ३ देखि ११ चैतसम्म उक्त महोत्सव आयोजना गरिएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने खेल संयोजक एवं नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले बताए ।

महोत्सवमा खुला व्याडमिन्टन, संघसंस्थास्तरीय झाँकी प्रदर्शनी, गण्डकी प्रदेशस्तरीय तेक्वान्दो, पुरुष फुटबल, महिला स्लो स्कुटर रेस प्रतियोगिता हुनेछ । यसअघि एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत ७ किलोमिटरका ४ विधामा दौड भइसकेका छन् ।

फुटबलतर्फ विजेता टिमले ३ लाख ३ हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ७७ हजार पाउने छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय पुरस्कार प्रदान गरिनेछ ।

ब्याडमिन्टनमा प्रथमलाई ५५ हजार, दोस्रोलाई ३३ हजार र तृतीय पुरस्कार २२ हजार छ । गण्डकी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथमलाई ५५ हजार, दोस्रोलाई ३३ हजार र तृतीयलाई २२ हजार प्रदान गरिनेछ ।

नृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार पुरस्कार छ । महिला स्लो स्कुटर रेसमा प्रथमलाई ३३, दोस्रोलाई २२ र तेस्रोले ११ हजार प्राप्त गर्नेछ । एथलेटिक्समा विद्यालयस्तरीय छात्र÷छात्रा, खुला महिला र ४५ वर्षमाथिको भेट्रान्स ७ किमी दौडमा प्रथमले ७, दोस्रोले ५ र तेस्रोले ३ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

महोत्सवको मुख्य प्रायोजक कर्माचार्य वेक्स एण्ड फुड्स प्रालि हो । प्रवद्र्धकमा पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी र राखेप हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width